प्रेमीलाई बचाउँदा कसिसको दुर्घटनामा मृत्यू ?

  • माघ १८, २०७५
  • १५०९ पटक पढिएको
  • दिनेश्वर गुप्ता
alt

लहान, १८ माघ । प्रेममा मान्छे अन्धो हुन्छन् । यो कति सत्यता हो ? यसको प्रमाणित गरेर देखाएका छन् कसिस दाहालले । कसिसले आफ्ना प्रेमीको खुशी राख्न उनले आफ्ना ज्यान त्याग गरेका छन् । आफुसँग रहेका पतिसँगै कसिएकी कसिस प्रेमी दिपकराज पाठकलाई खुशी पार्न जहिलेपनि चिन्तित रहेका थिए । तर, प्रेमीले खासै वास्ता गर्दैन्थिए कसिसलाई । र, पनि कसिसको एकहोरो प्रेमले उनको मनमुटु कड्किरहन्थ्यो । कसिसको प्रेमलाई आत्मसात गरेर लुकीलुकी माया गरिरहन्थ्यो । कसिसको पति प्रकाश लम्सालको नजरमा आएपछि मौन हुन्थ्यो । यो शिलशिला चल्दै गर्दा प्रेमी दुर्घटनाको मुखमा पर्छन् । तर, कसिसले आफ्ना प्रेमीलाई बचाएर आफुले ज्यान त्याग गरिन् । उनको प्रेमी सकुशल छन् । कसिसको दुर्घटनामा मृत्यु भएको छ । यो रियल लाईफको नभएर ‘मैले भन्दा धेरै माया’ भने म्यूजिक भिडियोमा कसिसले अभिनय गरेकाछीन् । कसिस ‘मिशन मधेश’ चलचित्रमा मुख्य नायिकाको रोल गरेकीछीन् । यत्तिबेला कसिस दाहाल नेपाली चलचित्र क्वीनमा व्यस्त छीन् ।
यसैसँगै गीतकारको परिचय बनाएका दीपकराज पाठक ‘मैले भन्दा धेरै माया’ मा निर्देशक समेत बनेका छन् । गीतकार पाठकको शब्दरचनामा रहेको यस गीतमा विपिन आचार्यले संगीत एवं संगीत संयोजन गरेका छन् भने माण्डवी त्रिपाठीको स्वर समावेश गरिएको छ ।
गीतको म्यूजिक भिडियोमा कसिस दाहाल, दिपकराज पाठक, गजित विष्ट र प्रकाश लम्साललाई प्रमुख भूमिकामा फिचरिङ गरिएको छ भने रिता विन्दु पाण्डे, एलिना पाठकको समेत अभिनय रहेको छ । शिवराम श्रेष्ठको छायाँकन रहेको यस भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् । भिडियोको निर्देशन भने गीतकार पाठक आफैंले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१