ट्याक्टर पल्टिँदा सिरहामा किचिएर एक जनाको मृत्यु, दुवै जना फरार

  • श्रावण २७, २०७८
  • ३९९ पटक पढिएको
  • रामएकवाल राम
alt

सिरहा – ट्याक्टर पल्टिँदा सिरहामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा गोलबजार नगरपालिका १ निपानेका ३० वर्षीय अरुण यादव रहेका छन् ।मृतक यादव सोही ट्याक्टरमा लेवरको रूपमा काम गर्दै आएका थिए ।

सिरहामा जिल्लाको धनगढीमाई नगरपालिका वडा नम्बर ७ स्थित गागन खोलानजिकै स १ त ५९३५ नम्बरको ट्याक्टर अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको हो ।साउनदेखि भदौ मसान्तसम्म खोला बन्द रहेको अवस्थामा ट्याक्टर रातिको समयमा बालुवा ल्याउन गागन खोला गएको थियो । सोही क्रममा ट्याक्टर अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ ।

ट्याक्टर दुर्घटनापछि ट्याक्टरमा रहेका सबै फरार भएका थिए । बिहान मात्रै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि घटनास्थल पुगेको प्रहरीले शव ल्याएर पोष्टमार्टमको लागि लहान पठाएको छ ।

ट्याक्टरका चालक अर्जुन मुखिया र ट्याक्टरधनी दिनेश यादव दुवै जना फरार रहेको र उनीहरूको तीब्र खोजीकार्य भइरहेको सिरहाका प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस

सिरहा क्षेत्र नम्बर ...

लहान १८ , मंसिर । नेपाली काङ्ग्रेस सिरहा क्षेत्र नम्बर - १ बाट क्षेत्र सभापतिमा निर्वाचित समाजसेवि म ...

चमार समुदायलाई डिहिव ...

दिनेश्वर गुप्ता (नवसंग्राम दैनिक) लहान, १७ मंसिर । कानुनी राज्यको उपहास गरी सिरहाको लहान १८ शोभापुर ...

लहान २० का माबी हनुम ...

महेश सिंह सिरहा लहान १८ मंसिर- सिरहाको लहान नगर पालिका वडा नम्बर २० स्थित रहेको माध्यमिक बिधालय गौछा ...