जनकपुरमा टी-२० क्रिकेट हुने, विजेताले ३ लाख ११ हजार पाउँने

  • चैत्र १३, २०७४
  • ९३१ पटक पढिएको
  • सिराहा टाइम्स
alt

चैत्र १३ । धनुषा क्रिकेट संघको आयोजनामा बैशाख सात गते देखि जनकपुरमा दीपक गुप्ता स्मृति क्रिकेट प्रतियोगिता हुने भएको छ ।डीजीएमटीको पहिलो संस्करण २०६९ सालमा र दोस्रो संस्करण २०७१ सालमा भए पनि विचमा यो प्रतियोगिता विभिन्न कारणले रोकिएको थियो ।टी–ट्वान्टी फरम्याटमा हुने प्रतियोगितामा तीन विभागिय टिम त्रिभुवन आर्मी, नेपाल पुलिस र एपिएफ क्लव सहित आठ टिमको सहभागिता रहनेछ । जसमा जनकपुर, विराटनगर र विरगञ्ज सहित भारतको आशाम र कानपुरको टिमले भाग लिनेछन । ५० लाख रुपैयाँ बजेटमा संचालनहुने प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र दोस्रो हुनेले एक लाख ७१ हजार पाउनेछन । पहिलो र दोस्रो संस्करणमा म्याट ओछ्याएर गरिएको प्रतियोगिता यो वर्ष टर्फ विकेटमा गर्ने भएको छ । प्रतियोगिताको तयारी तीव्र रुपमा भइरहेको आयोजकले बताएका छन ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१