बलानबिहुलमा शिक्षा बिमा शिविर

  • माघ २६, २०७६
  • ४८८ पटक पढिएको
  • सिराहा टाइम्स
alt

संजय विश्वकर्मा लहान, २६ माघ । प्रदेश नं. – २ सरकारको “बेटी बचाउ , बेटी पढाउ” कार्यक्रम अन्तर्गत सप्तरीको बलानबिहुल गाउँपालिकामा आईतबार छोरी शिक्षा बिमा तथा मुद्धती बचत खाता शिबिर सम्पन्न भएको छ । भगवती राष्ट्रिय प्रा.बि. चन्हीमा भएको शिविरमा गाउँपालिकाका करिब ४ सय छोरीहरुको शिक्षा बिमा भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामसुन्द्र थापाले जानकारी दिनुभएको छ । गाउँपालिका अध्यक्ष दयानन्द गोईतको अध्यक्षता र गाउँपालिका उपाध्यक्ष रुबि गुप्ताको प्रमुख आतिथ्यमा भएको शिविरमा प्रभु बैङ्कबाट मुकेश कुमार सल्हैता यादव सहित आएका ७ जनाको टोलीबाट प्रति छोरीको ३ लाखको शिक्षा बिमा गरिएको थियो । प्रदेश नम्बर २ को मुख्यमन्त्री कार्यालयल जनकपुरधामको सहयोगमा आयोजित कार्यक्रममा वडा नं. १ देखी ६ सम्मका सम्पुर्ण वडाअध्यक्षको सहभागिता रहेको थियो । “बेटी बचाउ , बेटी पढाउ” कार्यक्रमका समाजिक सुरक्षा जिल्ला संयोजक सप्तरीका पुनम चौधरीको बिशिठ आतिथ्यमा भएको कार्यक्रमको उदघाटन समाहरोहमा गाउँपालिकाका आईटी अफीसर सुरेन्द्र कुमार यादब , योजना अधिकृत रमेश कुमार मरिक लगायतले मन्तब्य राखेका थिए । कार्यक्रमको उदघोष मो. नसमि राईनले गरेका थिए भने कार्यक्रमको बिशेष संयोजन राम नारायण यादबले गरेको आयोजकले जनाए ।

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१