शहिदनगरको विकासप्रति प्रतिवद्ध :कान्छो मेयर बरबरिया

  • मंसिर १७, २०७६
  • १२५६ पटक पढिएको
  • नरेश बर्ब्रिया
alt

नेपालको कान्छो एवम् शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले शहिदनगरको विकासप्रति प्रतिवद्ध रहेको बताएका छन् । खाडी मूलुक यूएई भ्रमणमा रहेका बेला गैर आवासीय मधेशी संघ, गैर आवासीय नेपाली संघ, शहिदनगरका युवाहरुसँगको अन्तरक्रिया कार्यक्रममा मेयर बरबरियाले भ्रमणको अनुभव सुनाउँदै शहिदनगरको विकासको आगामी कार्ययोजनाहरुबारे प्रकाश पारेका थिए ।

मेयरसँगै युएई गएका निमित्त प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले उनलाई विकासको अवधारणा र बजेट बारे सहयोग गरेका थिए । युएईमा कार्यरत शहिदनगर नगरपालिकाका युवाहरु सहित धनुषा र विभिन्न जिल्लाका अगुवा सरोकारबालहरुसँगको अन्तरक्रियामा उनले शहिदनगरको विकासको अवधारणा बारे प्रष्टाएका थिए । युवाहरुको वैदेशिक रोजगारी पलायन बेरोजगारीको मुख्य बुंदा रहेको बताउँदै उनले वैदेशिक रोजगारी र युवा पलायनलाई रोक्न जटिल भएपनि असम्भव नभएको औल्याए ।

सो अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झाले ३ वर्षको अन्तरालमा शहिदनगरले देखेको र देख्नुपर्ने विभिन्न विकासका सूर्यहरुप्रति गौरवान्ति हुने अवस्था निकटै रहेको औल्याए । उनले यदूकुहाका विद्यार्थी शहिद कामेश्वर कुशेश्वरको नाममा स्मार्ट बस स्टैण्ड र शहिद सूर्यनाथ रानको स्मृतिमा प्रदेशस्तरीय स्टेडियम निर्माणको अवधारणा शहिदनगरवासीको लागि गौरवको कुरा भएको बताए । सो अन्तरक्रिया कार्यक्रममा मेयर बरबरियाले कमला बचाउ अभियानको समेत जिकिर गरेका थिए ।

कमला नदीको कहरले धनुषा र सिरहा जिल्लाको आम नागरिकलाई प्रत्येक वर्ष भोग्नु परेको विपदालाई मध्यनजर गर्दै कमला नदीको दुवै तर्फ ठोस बाँध र डयाम बनाउने सन्दर्भमा समेत चर्चा गरेका थिए । कमला नदीको संरक्षण पछि यहाँका जिल्लाहरुमा सिँचाईको उत्तम व्यवस्था भए स्थानीय किसान र कृषीलाई प्रवद्र्धन गरी नगर विकासमा टेवा पुग्ने बारे थपे । एक अर्को प्रसँगमा बोल्दै कान्छो मेयर बरबरियाले युएईमा भ्रमणको बेला देखेको विकासको जुक्ति, समस्या र प्रावधान तथा निदान बारे समेत जानकारी लिएको जनाउँदै यहाँको विकासको अवधारणालाई शहिदनगरमा लागू गर्ने अवस्था आवश्यक परेको बेला लागू गर्ने प्रतिवद्धता जाहेर गरे । उनले भने, - "यहाँको विकासको अवलोकन गर्न पाएको छु, यहाँको पर्यटकीय स्थल, सडक, भवन, बगैँचा र यहाँको जीवनशैलीको बारेमा पनि अवलोकन गर्न पाएको छु, यहाँको जीवनशैली भन्दा पनि सडकबाटो, सरसफाई र सडक नियम कानुनको बारेमा अवलोकन गर्न पाएको छु ।

त्यसबाट चाहिने जति फिल्टर गरी लागू गर्ने प्रयास सहमति भए गर्नेछु ।" कार्यक्रममा सहभागीहरुले कान्छो मेयर भनेर सँचारमाध्यम, अनलाईन, फेसबुक, टवीटर, पत्रपत्रिका, रेडियो, टेलिभिजनसम्म मात्र हेर्न र सुन्न पाउँदा आज प्रत्यक्ष भेटघाट भएकोप्रति कृतज्ञता व्यक्त गरेका थिए ।

उनीहरुले मेयर बरबरियालाई भेटघाट सहित नगर विकासको अवधारणा र जुक्ति सहित विकासको तीव्रता बारे जिज्ञासा राखेका थिए । सो क्रममा मेयर बरबरियाले सुविधा सम्पन्न ऐतिहासिक शहर, समृद्ध शहिदनगर को नारालाई आत्मसात गर्ने बताए । सो अन्तरक्रिया कार्यक्रममा गैर आवासीय मधेशी संघ यूएईका क्षेत्रिय अध्यक्ष मदन यादव, जनप्रगतिशिल मँच युएईका अध्यक्ष बाबूराम विश्वकर्मा, सल्लाहकार हरि न्यौपाने, पत्रकार महासंघ यूएईकी अध्यक्ष लक्ष्मी खनाल, गैर आवासीय मधेशी संघका सदस्य नविन यादव, गैर आवासीय नेपाली संघका बोर्ड अफ डायरेक्टर एवम केन्द्रीय सदस्य कृष्णा ठाकुर लगायतका व्यक्तिहरुको सहभागीता रहेको थियो ।

त्यहाँ गैर आवासीय मधेशी संघका सदस्य एवम् न्यूज ब्यूरोकर्मी सँतोष ठाकुरले अन्तरक्रिया सँचालन गरेका थिए । साभार: न्यूज ब्यूरो

प्रतिक्रिया दिनुहोस

५ बर्षिय छोरा हत्या ...

रहमुल लहान १३ बैशाख आफ्नै ५ वर्षिय छोराको हत्या अभियोगमा लहानबाट एक महिलालाई सिरहा प्रहरीले नियन्त्र ...

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१