रहमुल लहान ०१ पुस । गहुँबाली अन्नको रूपमा मुख्य दोस्रो वाली हो। उच्च जनसँख्या वृद्धिको कारण खाद्य संकट टार्न गहुँ उत्पादन महत्वपूर्ण विषय प्रति सरकार आहिले पनि गम्भिर देखिएन। अव त मलखाधको अभावमा मधेसमा गहुँ उत्पादनमा कमि आउने संकेत देखा परेको छ।
हरेक बर्ष मलखादको समस्या किसान भोगिरहेका छन। सरकार यस सम्वन्धमा जानकार हुदाहुदै समस्या किर ? अहिले किसान मलखाद लागी भौतारिदैछ सुन्ने कसले? गहुँ वाली लगाउने अन्तिम दिन १५ मंसिर हो तर पुस मसा न्त सम्म किसान वाली लगाउन सकेको छैन जवकी एक दिन ढिला भए सावाँ किलो उत्पादन कम हुने विभिन्न तथ्याङकले देखाई सकेको छ।
किसानलाई यस्ता समस्या कहिले सम्म? देशका दक्ष्णी भाग भारत संग जोडिएको छ र सबै नेपाली किसानलाई साथ दिई रहे को छ अहिले पनि खुद्रा मलखाद दिनहु सहयोग गरेकै छ। बरु उच्च स्तरका दुई देशका प्रतिनिधि बसेर यस सम्वन्धमा कुरा गर्दा समस्या सजिलै सामाधान पनि हुनेछ र किसान पनि खुशी हुन्छन। मलखादमा सरकारले ठुलै अनुदान दिएको अवस्था छ त्यो हामी नागरिक विर्सनु हुदैन तर देशै भरीका किसानहरुलाई पुग्ने गरी मलखाद सिजन अनुसारको किन आपुर्ति भैरहेको छैन त्यो विषय प्रस्ट हुन जरुरी देखिन्छ। यस वर्ष अलि बढि नै समस्या देखिएकोले मलखाद वितरण प्रणालीमा पनि सुधार गर्नु जरुरी देखिएको छ।
साफ शब्दमा भन्नु पर्दा रु २२८८,५० पर्ने डि.ए.पी. वोरा निजि पसलमा रु. ३६०० देखी ४ हजार सम्म खुल्लायाम बिक्रिवितरण भैरहेको पाइएको छ। जवकी उक्त मलखाद डिलर मार्फत किसान सम्म आपूर्ति हुने हो। यो कसरी सम्भव भयो त ? यसको खोजिनिति गर्ने काम सरकारको होइन र? देश कृषि प्रधान देश हो भन्छ तर यहाँ कृषि र किसान प्रति त्यति चासो न देखिएको किसानहरुको गुनासो रहेको देल्हिन्छ। तिनै तहका सरकारहरु किसानहरुको वेर्ना देखि भण्डारण सम्म सहज वातावरण कसरी बन्छ त्यता तिर सोच्न जरुरी समेत देखिएको छ भने समयमा मलखाद बिउबिजन रसादी विषादी लगायत किसानको आवश्यकता अनुसारको कृषि सामग्री उपलब्धताको ग्यारेन्टी हुन अतिआवश्यक रहेको देखिन्छ।
किसानको सुविधा लागी तिनै तहका सरकारहरुले आ-आफना वजेट कृषिका लागी निति तथा कार्यक्रममा ल्याएका छन तर सेवा प्रवाह प्रकृया गड़वडको कारण आम सर्वसाधारण किसान सेवा लिन वाट निकै पछि रहेकोले यसतर्फ तिनै तहका सरकारहरु गम्भिर भएर सोच्न जरूरी देखिन्छ। हामी नेपालीको एक मुख्य पेशा कृषि हो सबै मिलि यसलाई जगेर्ना गर्न अति आवश्यक देखिन्छ।
प्रतिक्रिया दिनुहोस
सिरहाको वार्षिक स्वास्थ्य समीक्षा : स्थानीय तहको कार्यसम्पादनदेखि स्वास्थ्य सेवाको पहुँच सुधारसम्म रणनीति तय
स्नेह वृद्धा आश्रमको चौथो अधिवेशन सम्पन्न, ज्येष्ठ नागरिकको सम्मान र संरक्षणलाई प्राथमिकता दिने प्रतिबद्धता
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved