Siraha Times
ताजा समाचार

सिरहामा दलित संस्थाद्धारा लैङ्गिक हिंसा विरुद्धको दिवस भव्यताका साथ मनाईयो

  • मंसिर २०, २०८२
  • १४२० पटक पढिएको
  • सन्जय
alt

संजय महरा सिरहा,मंसिर २०। दलित विकास मञ्च सिरहाले  ३४ ‍औँ अन्तराष्टि᳙य लैङ्गक हिसाँ बिरुद्धको १६ दिने अभियानको अवसरमा ᳚ प्रविधिको सही प्रयोग गरौँ स्लैङ्गिक हिसाँको अन्त्य गरौँ  भन्ने मुल नाराका साथ शुक्रबारका दिन दलित विकास मन्च गोलबजार ,सिरहाको आयोजना र बालविवाह बिरुद्धको प्रदेश स्तरिय सन्जाल मधेश प्रदेशको समन्वयमा तथा ईलाका प्रहरी कार्यालय मिर्चैया, सिरहाको सहकार्यमा  मिर्चैया नगरपालिकाको वडा नम्बर १ महदेबामा यस सँस्थाद्धारा गठित किशोरकिशोरी समुह तथा आमा समुहसँग अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

यस कार्यक्रम आमा समुहको सँयोजक प्रेमदेवी साहको अध्यक्षतामा सम्पन्न भएको हो । यस कार्यक्रममा ५० जना किशोरकिशोरी तथा महिलाहरुको उपस्थिति रहेको थियो ।नोभेम्बर २५ देखी डिसेम्बर १० सम्म १६ दिनको अभियान विश्वका धेरै वटा देशहरुमा मनाइन्छ ।सोही सन्दर्भमा  यस दलित विकास मञ्च सिरहाले हरेक बर्ष यो अभियान सँचालन गर्दैआइरहेको संस्थाका कार्यक्रम संयोजक सरिता महराले बताएकी छिन । मुख्य उद्धेश्य लिङ्गको आधारमा हुने सबै प्रकारको हिसाँहरुको अन्त्य हुनुपर्छ । यो सँस्थाले यो १६ दिने अभियानलाई बर्षभरी नै निर्नतर रुपमा  समर्थन गरिरहेको छ । हिसाँका विभिन्न प्रकारहरु रहेको छ जस्तै मानसिक हिसाँ ,शारिरिक हिसाँ ,आर्थिक हिसाँ ,यौन हिसाँ  र सामाजिक हिसाँ रहेको छ ।

समुदायमा हिसाँको स्वरुहरु फरक फरक रहेको छ । हिसाँबाट सबैभन्दा बढी प्रभावित महिला तथा बालबालिकाहरु नै हुन्छन ।तथ्याङ्क हेर्दा मधेश प्रदेशमा  २०८१। २०८२ को घरेलु हिसाँको  घटना ४५  प्रतिशत देखाएको छ ,नेपाल प्रहरी स्रोतले सार्वजनिक गरेको छ ।बालविवाह पनि मधेश प्रदेशमा अरु प्रदेशको तुलनामा यहाँ ४२ प्रतिशत रहेको छ । महिला सेलका ज्ञानी कुमारी चौधरी ले बालविवाहका कानुनी प्रवधानहरुको बारेमा र समाजमा प्रत्यक्ष रुपमा घट्ने घटनाहरुको बारेमा उदाहरणसहित जानकारी गराएकी थिइनन। मन्जुरी बिनाको बिवाह स्वतह बदर हुन्छ र २० बर्ष भन्दा कम  उमेरमा विवाह गर्नैलाई समेत कानुनी सजायको व्यवस्था रहेको छ कुरा जानकारी गराएकी थिइन ।

अहिलेको आधुनिक समयमा प्रविधिको सही प्रयोग नहुदा पनि धेरै हिसाँका घटनाहरु समाजमा बढिरहेको छ । प्रायजसो अझ समाजिक सन्जाल लगायत विधुतिय अनलाईन माध्यहरुबाट अनलाइन दुरव्यहार ,साईबर बुलिङ अनलाइन यौन शोषण साथै निजि फोटो र भिडियोहरुबाट किशोरी महिलाहरु यस्ता किसिमका हिसाँबाट पनि धेरैजना सिकार हुन पुग्दछ । दलित विकास मन्च गोलबजार ,सिरहामा कार्यरत बालविवाह न्युनिकरण परियोजनाका सँयोजक सरिता महराले बताउनु भएकि छिन ।

बालविवाह, दहेज प्रथा ,महिला हिसाँ तथा लैङ्गिक हिसाँ लगायत डिजिटल प्रविधिहरुबाट हुने हिसाँहरुको रोकथाम गर्न समुदायमा सचेतनामुलक कार्यक्रमहररु गर्न एकदम धेरै आवश्यकता रहेकोछ ।सिरहामा गाउँ तथा समुदायका मानिसहरुमा सचेतना जागेपछि मात्र यस्ता समस्या तथा घटनाहरुको निर्मुलीकरण गर्नसकिन्छ ।  दलित विकास मन्च गोलबजार ,सिरहाले बालविवाह, दहेज प्रथा ,महिला हिसाँ तथा लैङ्गिक हिसाँ, जातिय छुवाछुत र मानव अधिकारका क्षेत्रमा कृयाशिल रहेको छ ।

प्रतिक्रिया दिनुहोस

खडक नगरपालिकामा सक्र ...

ओम प्रकाश यादव सप्तरी भदौ ३१ । खडक नगरपालिकामा सक्रिय क्षयरोग (TB) खोजपडताल तथा AI-XRAY सहितको निःशु ...

घरमा चर्पी नहुँदा ज् ...

ओम प्रकाश यादव लहान भदौ ३१ । घरमा चर्पी नहुँदा ज्यान जोखिममा : लहान नगरपालिकाको ‘घर&ndash ...

सुख्खा पहिरोका कारण ...

विनोद अविरल,सिराहा, भदौ ३१ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१४ स्थित बाझीगाछी क्षेत्रमा सु ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१