Siraha Times
ताजा समाचार

लहान–१२ मा चार कोठे दुईतले नवनिर्मित भवन उद्घाटन, दैनिक पठनपाठन सहज

  • मंसिर २०, २०८२
  • ७२७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर २० । लहान नगरपालिका १२, पडरिया थारूटोलस्थित श्री माविको चारकोठे दुईतले नवनिर्मित भवन सञ्चालनमा आएपछि विद्यार्थीको दैनिक पठनपाठन सहज बनेको छ। शुक्रबार आयोजित समारोहमा लहान नगर प्रमुख महेशप्रसाद चौधरीले रिबन काटेर भवनको उद्घाटन गर्दै विद्यालयमा सुरक्षित शैक्षिक वातावरण सुनिश्चित गर्न नगरपालिकाले शिक्षा क्षेत्रमा उच्च प्राथमिकता दिइरहेको बताए।

उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख चौधरीले लहानलाई पूर्व–पश्चिम राजमार्ग क्षेत्रमा रहेको नमुना शैक्षिक नगरका रूपमा विकसित गर्न संघीय सरकारसँग साझेदारीमा पूर्वाधार निर्माण अघि बढाइएकाे उल्लेख गरे। उनका अनुसार आर्थिक वर्ष २०८१/८२ देखि गरिब र विपन्न परिवारका विद्यार्थी पढ्ने ११ वटा सामुदायिक विद्यालयमा स्टेसनरी वितरण सुरु गरिएको थियो। “चालू आर्थिक वर्षदेखि नगरका सबै ५९ वटै विद्यालयमा पढ्ने प्रत्येक विद्यार्थीलाई स्टेसनरी सामग्री उपलब्ध गराउँदैछौँ,” उनले भने।

लहान–१२ का वडाध्यक्ष बद्रीनारायण चौधरीले नगरपालिकाको निरन्तर सहयोगका कारण विद्यालयको भौतिक संरचना, शैक्षिक गतिविधि र पढाइको स्तर उल्लेख्य रूपमा उकासिएको बताए। उनका अनुसार विद्यालयमा वातावरण सुधारिएपछि विद्यार्थी तथा अभिभावक दुवैको विश्वास बढेको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष छेदीलाल चौधरीले नगरको सहयोगमा अंग्रेजी तथा नेपाली दुवै माध्यममा पढाइ सुरु भएपछि निजी विद्यालयमा पढाइरहेका अभिभावक पनि छोराछोरीको भर्ना र पढाइका लागि विद्यालयमा आउन थालेको जानकारी दिए। “अब अभिभावकहरूलाई आफ्ना छोराछोरीको भविष्यका लागि बाहिर धाउनुपरेको छैन, सुविधा यही छ,” उनको भनाइ थियो।

विद्यालयका प्रधानाध्यापक मनोजकुमार यादवका अनुसार संघीय सरकार र नगरपालिकाको साझेदारीमा भवन निर्माण सम्पन्न भएको हो। कुल ५५ लाख ९६ हजार ७६५ रुपैयाँ लागतमा बनेको भवन काठमाडौंस्थित रोशन राजु कन्स्ट्रक्सन कन्सल्टेन्सी एन्ड सप्लायर्समार्फत निर्माण गरिएको हो।

नगरपालिकाका इन्जिनियर धीरेन्द्रकुमार राउतकाे भनाइमा गत फागुनमा सुरु गरिएको काम करिब १० महिनाभित्र सम्पन्न भएको हो। भवन सञ्चालनमा आएपछि कक्षा सञ्चालन, शैक्षिक गतिविधि तथा विद्यार्थीको उपस्थितिमा उत्साहजनक सुधार आएको विद्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

चौतारो संरक्षणका लाग ...

​सिराहा, २५ जेठ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका वडा नं. १२ ठटियास्थित सरे खोलाको किनारमा रहेको ...

अत्यन्तै विपन्न अवस् ...

रहमुल,लहान, २५ जेठ । धनुषाको सबैला नगरपालिका–५, मखनाहा टोल निवासी रघुनी मण्डलको परिवार आर्थिक ...

भगवानपुरको विकासका ल ...

रहमुल, लहान, २५ जेठ । सिरहाको भगवानपुर गाउँपालिकाको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट तथा विकास योजन ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१