ताजा समाचार

१४ वर्षदेखि अलपत्र कमला पुल अब जनचन्दाबाट निर्माण गर्ने पहल

  • मंसिर २०, २०८२
  • ६५० पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल,लहान २० मंसिर । सिरहा र धनुषा जोड्ने १४ वर्ष देखि अलपत्र रहेको कमला पुल अब जनचन्दा संकलन मार्फत निर्माण गर्ने अभियान सुरु भएको छ। नयाँ कमला पुल निर्माणका लागि रामरिझन यादव, डा. नवीन कुमार यादव, डा. कृष्णा यादव, डा.जामुन सिंह, इन्जिनियर प्रविण यादव तथा भरत यादव सहित सयौं स्थानीय बासिन्दा कमला नदी किनारमा भेला हुँदै महाअभियानको घोषणा गरेका हुन्।

यसअघि यस पुलको निर्माणका विषयमा थुप्रै मन्त्री, उच्चपदस्थ अधिकारी तथा जनप्रतिनिधिहरूले अनुगमन गरे पनि काममा कुनै उल्लेख्य प्रगति हुन सकेको थिएन। वर्षौं देखि पुल नबनेपछि आवत–जावतमा असुविधा भोग्दै आएका मधेस–तराईका स्थानीयवासी अत्यन्त असन्तुष्ट हुँदै आएका छन्।

स्थानीयहरूका अनुसार मधेसमा अपेक्षित विकास नहुँदा तथा सुविधा सम्पन्न सडक संरचना नपाउँदा जनताको असन्तुष्टि झन् बढ्दो छ। सरकारी बेवास्ता र दीर्घकालीन ढिलासुस्तीका कारण अब समुदायकै पहलमा पुल निर्माण अघि बढाउने निर्णय गरिएको बताइएको छ।

स्थानीय अगुवाहरूले “सरकारले नगरे हामी आफैँ गर्छौँ” भन्ने भावनासहित चन्दा संकलन अभियान आरम्भ गरिएको र सबैको सहयोग जुटेमा पुल निर्माण छिट्टै थालिने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤