Siraha Times
ताजा समाचार

सिराहा सेवा समाज कतारद्वारा १९औँ वार्षिकोत्सव अवसरमा बृहत् रक्तदान कार्यक्रम हुने

  • मंसिर १८, २०८२
  • ७५६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान मंसिर १८ । सिराहा सेवा समाज कतारले आफ्नो १९औँ वार्षिकोत्सवको उपलक्ष्यमा बृहत् रक्तदान कार्यक्रम २०८२ आयोजना गर्ने भएको छ। नेपाली समुदायमा सामाजिक सेवा, सहयोग र मानवीयता प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको यो विशेष कार्यक्रम आगामी १२ डिसेम्बर २०२५ मा हुने तय गरिएको छ। रक्तदान कार्यक्रम हामाद अस्पतालको ब्लड डोनेट सेन्टरमा बिहान ८ बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन हुनेछ।

“रक्तदान जीवनदान हो” भन्ने मूल मन्त्रका साथ अगाडि बढाइएको यस अभियानको समन्वय नेपाली रक्तदाता संघ कतारले गरेको छ। सिराहा जिल्लाबाट आएका प्रवासी नेपालीहरूलाई एकताबद्ध गर्दै समाजसेवा तथा आपतकालीन सहयोगमा निरन्तर सक्रिय रहेका सिराहा सेवा समाज कतारले पछिल्ला वर्षहरूमा रक्तदान, स्वास्थ्य जागरण, आपतकालीन सहयोग, सामाजिक परिचय निर्माणजस्ता विभिन्न कार्यक्रमहरू गर्दै आएको छ।

यसपटकको रक्तदान कार्यक्रममा कतारमा रहेका नेपाली समुदायको व्यापक सहभागिता रहने अपेक्षा गरिएको छ। मानव जीवनरक्षाको पवित्र उद्देश्यसहित सुरु गरिएको यो अभियानले प्रवासी नेपालीबीच सामाजिक भावना अझ मजबुत बनाउने विश्वास आयोजक संस्थाका अध्यक्ष जय प्रकाश यादवले जनाए ।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१