ताजा समाचार

नेशनल इन्स्योरेन्सको वीरगंजमा १२० औं स्थापना दिवस भब्य रुपमा सम्पन्न

  • मंसिर १९, २०८२
  • ७९४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

वीरगंज १९ मंसिर । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १२० औं स्थापना दिवस वीरगंज सहित देशभरी भव्य रुपमा मनाएको छ । कम्पनीले अफनो देशभरीको सम्पूर्ण कार्यालयमा कार्यक्रमको आयोजना गरी हर्षोउल्लासका साथ स्थापना दिवस मनाएको हो । वीरगंजमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्यालय प्रमुख विनीत कुमार जैसवालले बिगत वर्ष झै कार्यालयका सम्पूर्ण कर्मचारी, सहकर्मी र सर्वेयरहरुको साथ र सहयोग निरन्तर पाईरहेकोमा आभार प्रकट गर्दै आउने दिनहरुमा पनि यस्तै साथ र सहयोगको अपेक्षा गरेका थिए ।

कम्पनीलाई कर्मचारी, सहकर्मी र सर्वेयरहरुले उच्च मनोबलका साथ थप सक्रिय भएर कार्य अगाडि बढाए सेवाग्रहीहरुलाई सहजता हुने बताए । सो अवसरमा कार्यालयका कर्मचारी, सहकर्मी, सर्वेयर लगायतको सहभागिता रहेको थियो । कम्पनीले पछिल्लो समय नेपाली निर्जीवन बीमा बजारमा विश्वासिलो तरिकाले बीमा व्यवसायलार्ई बढाउँदै लगिरहेको वीरगंजका प्रमुख जैसवालले बताए । त्यसैगरी काठमाडौंमा स्थापना दिवस मनाईएको छ ।

काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत नवनीत गुप्ताले कम्पनी सँग आवद्ध रहेका सम्पूर्ण कर्मचारी, व्यापारी, संघ संस्था तथा नियमनकारी निकायलाई शुभकामना व्यक्त गर्दै आउँदो दिनमा सम्बन्ध अझै प्रगाढ बनाउँदै अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

त्यसैगरी कम्पनीका नायब प्रमुख कार्यकारी (डीसीईओ) धन्जी त्रिपाठीले सम्पूर्ण कर्मचारी तथाँ स्टकहोल्डर लगायत ग्राहक वर्गहरुलाई १२० औं स्थापना दिवसको अवसरमा शुभकामना मनतव्य व्यक्त गरेका थिए । भारतीय लगानी रहेको यस कम्पनीले आफ्ना बीमितहरुलाई समयमै बिना झन्झट दावी भुक्तानी तथा बीमा सेवा उपलब्ध गराउँदै आएको कम्पनीले जनाएको छ । देशका विभिन्न स्थानहरुमा शाखा सञ्जाल स्थापना गरेर व्यवसाय भित्र्याउँदै आफुलाई अब्बल कम्पनीको रुपमा स्थापित गर्न सफल भएको कम्पनीले दाबी गरेको छ ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤