हिमालयन विद्या निकेतनमा ‘CULTURAL DRESS & FOOD FESTIVAL’ सम्पन्न

  • मंसिर २०, २०८२
  • ५२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, मंसिर २० । लहान–६ स्थित हिमालयन विद्या निकेतन (Himalayan Vidya Niketan) ले यस वर्ष पनि भव्य रूपमा CULTURAL DRESS & FOOD FESTIVAL सम्पन्न गरेको छ। मंसिर १९ गते शुक्रबार बिहान ११:०० बजे देखि विद्यालय परिसरमा सुरू भएको कार्यक्रमले विद्यार्थी, अभिभावक, स्थानीय समुदाय तथा विभिन्न जातजातिका सांस्कृतिक पहिरन र भोजनका परिकारलाई एकै स्थानमा प्रदर्शन गर्योय।

कार्यक्रममा विद्यालयका विद्यार्थीहरूले नेपालका विभिन्न भूभाग र समुदायको सांस्कृतिक पहिचान झल्किने परिधानका साथ आकर्षक प्रस्तुति दिए। त्यस्तै, मिथिला, थारू, पहाडी, आदिवासी–जनजाति लगायतका जातीय समुदायका परिकारहरूको प्रदर्शन तथा स्वाद चखाउने व्यवस्था गरिएको थियो। महोत्सवमा मिथिला पान, धिकरी, सत्तु, सेल–रोटी, थारू परिकार, चटनी, डोसे, मोमो, पिठौरी लगायतका विविध स्वाद उपलब्ध गराइएका थिए।

विद्यालयका प्राचार्यले उद्घाटन मन्तव्य दिँदै भने,“हाम्रो उद्देश्य केवल पढाइ मात्र होइन, विद्यार्थीहरूलाई आफ्नो संस्कृतिप्रति गर्व गर्ने र सबै धर्म–जातिलाई समान सम्मान दिने शिक्षा दिनु हो।” यस किसिमका सांस्कृतिक कार्यक्रमहरूले बालबालिकामा आत्मविश्वास, सामाजिक व्यवहार, नेतृत्व क्षमता तथा टोलीको भावना विकास हुने प्राचार्यले उल्लेख गरे। कार्यक्रममा गीत, नृत्य, कवितासहित कला प्रदर्शनसमेत गरिएको थियो। विद्यार्थीहरूले आफूले पहेरेका भेषभूषा र खाना तयार गर्ने प्रक्रियाबारे दर्शकलाई जानकारी दिँदै सहभागिता जनाए।

अभिभावकहरूको उपस्थिति महोत्सवमा उत्साहपूर्ण रह्यो। विद्यालय परिवारले सबै अभिभावकलाई स्वागत गर्दै विद्यालय र घरबीचको सहकार्यले नै बालबालिकाको भविष्य उज्ज्वल हुने बताए। धेरै अभिभावकहरूले आफ्नै हातले पकाएको परिकार पनि प्रदर्शनमा राखेका थिए। एक अभिभावकले भने,“यस्ता कार्यक्रमहरूले हाम्रा बच्चाहरूलाई संस्कृतिबारे जान्न मद्दत गर्छ। घरमा सिकेको कुरा विद्यालयमा प्रस्तुत गरेपछि उनीहरू निकै खुशी देखिन्छन्।” कार्यक्रमले भिन्न–भिन्न संस्कृतिलाई एकै ठाउँमा ल्याएर एकता, सम्मान र भाइचाराको सन्देश प्रवाह गरेको सहभागीहरूका भनाइ थियो। नेपालमा देखिने विविधता नै सम्पत्ति भएको र त्यसलाई जोगाउन सबैको भूमिका महत्त्वपूर्ण छ भन्ने संदेश महोत्सवमार्फत उजागर गरिएको थियो।

प्रतिक्रिया दिनुहोस

महुलिया गोल्ड कप–२०८ ...

रासिन्द्र यादव लहान फागुन १८ । “विकास! अनुशासन!! गतिशीलता” भन्ने मूल नाराका साथ आयोजित म ...

अभिषेक शाहको कृष्णान ...

कपिलवस्तु, फागुन १८ । नेपाली कांग्रेस पार्टीले कपिलवस्तु निर्वाचन क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस् ...

अधिकार र पहिचानको आव ...

सप्तरी १७, फाल्गुन। सप्तरी निर्वाचन क्षेत्र ३ को चुनावी माहोल यतिबेला अधिकार, पहिचान र संघीयताको बहस ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१