ताजा समाचार

मनकामना स्कुलकी शिक्षिका यादवलाई सम्मानपूर्वक बिदाइ

  • मंसिर १९, २०८२
  • ७७७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, मंसिर १९ । लहान मनाकामना स्कुलकी वरिष्ठ तथा समर्पित शिक्षिका अम्बिका देवी यादव २४ वर्षको निरन्तर सेवापश्चात आज सम्मानपूर्वक अवकाश ग्रहण गर्नुभएको छ। विद्यालय परिसरमा आयोजित भावपूर्ण बिदाइ समारोहमा उहाँको दीर्घ शिक्षण यात्राको योगदानलाई उच्च सम्मानका साथ स्मरण गरिएको थियो। समारोहका प्रमुख वक्ता तथा विद्यालयका प्रधानाध्यापक बद्री नारायण चौधरीले शिक्षिका यादवलाई रु. १ लाख ५ हजार सहित सम्मानपत्र प्रदान गर्दै विद्यालयको प्रगति, अनुशासन र शैक्षिक उत्कृष्टता कायम गर्न उहाँले खेलेको भूमिकालाई “अमूल्य” भनेर उल्लेख गर्नुभयो।

उहाँले निजी विद्यालय क्षेत्रमा लहान नगरपालिकामा सम्मानको नयाँ संस्कार शुरु भएको बताउँदै योग्य तथा निष्ठावान शिक्षकलाई यसरी सम्मानित गर्नु प्रेरणादायी रहेको टिप्पणी गर्नुभयो। 

लहान मनाकामना स्कुलले वर्षौंदेखि उत्कृष्ट नतिजा र अनुशासित वातावरणका कारण क्षेत्रमै पहिचान बनाएको छ। अनुभवी शिक्षक टोली, विद्यार्थीमैत्री व्यवस्थापन र प्रभावकारी सिकाइ–सुविधाले विद्यालयलाई राम्रो मोडेलका रूपमा स्थापित गरिरहेको छ। यी सफलताहरूमा शिक्षिका यादवको समर्पण, मेहनत र व्यावसायिक दक्षता महत्वपूर्ण आधार रहेको विद्यालय समुदायले बताएको छ।

विद्यार्थीको शैक्षिक उन्नति, चरित्र निर्माण र अनुशासन संस्कार विकासमा उल्लेखनीय योगदान पुर्‍याएकी उहाँप्रति विद्यालय परिवारले हार्दिक कृतज्ञता व्यक्त गर्दै उहाँको आगामी जीवन यात्रा सुखमय, सफल र स्वास्थ्यपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस

१८ किलोमिटरको लहान–ठ ...

रहमुल, लहान १९ असोज । सिरहाको लहानदेखि ठाडीसम्मको करिब १८ किलोमिटर सडकखण्ड आधा शताब्दीभन्दा लामो समय ...

लहानमा १५ दिने थारु ...

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक् ...

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤