ताजा समाचार

सिरहाको सरे खोलामा वर्षौंपछि पुल बन्ने निश्चित: प्राविधिक टोलीद्वारा स्थलगत अनुगमन, स्थानीयमा खुसी

  • असोज १८, २०८३
  • ३७९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

​बिनोद अविरल, सिरहा असोज १८ । ​वर्षौंदेखि सास्ती र कठिनाइ भोग्दै आएका सिरहाका स्थानीयवासीका लागि खुसीको खबर छ । धनगढीमाई नगरपालिका–१२ ठटीयास्थित सरे खोलामा अलपत्र परेको पुल निर्माण कार्यले अन्ततः औपचारिकता पाउने भएको छ ।

​पुल निर्माणका लागि धनगढीमाई नगरपालिकाका नगर सभापति अनिल यादवको निरन्तर पहल तथा सिरहा क्षेत्र नं. २ का सांसद शिव यादवले निर्वाचनका क्रममा गरेको प्रतिबद्धताअनुसार आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसै क्रममा प्राविधिक टोलीले सरे खोलामै पुगेर विस्तृत स्थलगत अनुगमन र अध्ययन पूरा गरेको छ । ​ स्थानीयका अनुसार सरे खोलामा पुल नहुँदा विशेष गरी वर्षायाममा आवतजावत ठप्प हुने र जोखिम मोलेर यात्रा गर्नुपर्ने बाध्यता थियो । यसअघि पनि पटक-पटक नेपाल सरकारका मन्त्री तथा नेताहरूले निरीक्षण गरेर आश्वासन दिए तापनि वर्षौंसम्म पुल बन्न सकेको थिएन ।

​एक स्थानीयवासीले आफ्नो खुसी व्यक्त गर्दै भने, "कति नेता आए, कति गए, तर हाम्रो समस्या जस्ताको तस्तै रह्यो । यसपटक नयाँ पुस्ताका जनप्रतिनिधिले चुनावमा गरेको बाचाअनुसार काम सुरु गर्न प्राविधिक टोली पठाएपछि बल्ल पुल बन्ने आशा जागेको छ ।" ​ नगर सभापति अनिल यादवले स्थानीय समस्या समाधानका लागि पटक-पटक सम्बन्धित मन्त्रालय र निकायमा पुगेर गरेको निरन्तर पहलका कारण यो सम्भव भएको स्थानीयको भनाइ छ ।

सरे खोलामा पुल निर्माण भएपछि धनगढीमाई नगरपालिका र आसपासका स्थानीयलाई आवागमनमा सहज हुनुका साथै वर्षायामको ठूलो जोखिम हटेर जाने अपेक्षा गरिएको छ । यद्यपि, स्थानीयवासीले अब आश्वासन मात्र नभई तोकिएकै समयभित्र गुणस्तरीय पुल निर्माण सम्पन्न भएको हेर्न चाहेको बताएका छन् । प्राविधिक टोलीसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति हरि मैनाली र स्थानिय युवाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

बुवाकै अनुगमनमा नवीक ...

रंजित चौरसिया वीरगंज १८ असोज। वीरगञ्जस्थित नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमाथि राष्ट्रिय स्वतन् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤