ताजा समाचार

कटहरिया बजारमा टेम्पु–ई–रिक्साको अव्यवस्थित पार्किङ, दुर्घटनाको जोखिम बढ्यो

  • असोज १९, २०८३
  • ४०६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई–रिक्सा जथाभावी पार्किङ गर्ने प्रवृत्तिका कारण मुख्य बजार क्षेत्रको सडक आवागमन अस्तव्यस्त बन्दै गएको छ। सडक तथा बजार क्षेत्रमै टेम्पु–ई–रिक्सा पार्किङ गर्दा बजारमा आउने सेवाग्राही, पैदलयात्री, साइकल तथा मोटरसाइकल चालकलाई आवतजावतमा समस्या हुनुका साथै दुर्घटनाको जोखिमसमेत बढेको छ।

मुख्य बजारको सडकमा यात्रु चढाउने–ओराल्ने तथा लामो समयसम्म टेम्पु र ई–रिक्सा पार्किङ गरिँदा सडक साँघुरो हुने गरेको स्थानीय व्यापारीहरूको भनाइ छ। यसका कारण पैदलयात्री, साइकल, मोटरसाइकल तथा अन्य सवारीसाधन एकै ठाउँबाट आवतजावत गर्नुपर्दा पटक–पटक ठोक्किने र दुर्घटना हुने अवस्था सिर्जना भएको स्थानीयको गुनासो छ। स्थानीय बजार व्यापारीहरूले टेम्पु चालकहरूलाई सडकमा जथाभावी पार्किङ नगर्न पटक–पटक आग्रह गर्दै आए पनि समस्या समाधान हुन नसकेको बताएका छन्। चालकहरूले तोकिएको वा व्यवस्थित पार्किङ क्षेत्रको अभाव तथा यात्रु चढाउने–ओराल्ने सहजताका कारण मुख्य सडक तथा बजार क्षेत्रमै सवारी रोक्ने गरेको बताइन्छ।

स्थानीयका अनुसार अहिलेसम्म ठूलो दुर्घटना हुनबाट जोगिँदै आए पनि बजारमा दैनिकजसो सिर्जना हुने अव्यवस्थित अवस्थाले कुनै पनि बेला गम्भीर दुर्घटना हुन सक्ने जोखिम बढाएको छ। बजार क्षेत्रमा बढ्दो सवारी चापलाई व्यवस्थित गर्न टेम्पु तथा ई–रिक्साका लागि छुट्टै पार्किङस्थल तोक्नुपर्ने, यात्रु चढाउने–ओराल्ने स्थान निर्धारण गर्नुपर्ने तथा मुख्य सडकमा जथाभावी पार्किङ गर्न रोक लगाउनुपर्ने स्थानीय व्यापारी तथा सर्वसाधारणको माग छ।

सम्बन्धित स्थानीय तह, ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायले समयमै ध्यान दिएर बजार क्षेत्रको पार्किङ व्यवस्थापन गर्नुपर्ने स्थानीयको भनाइ छ। बजारको सडकलाई व्यवस्थित र सुरक्षित बनाउन प्रभावकारी अनुगमन तथा नियम कार्यान्वयन आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤