ताजा समाचार

शैक्षिक सुधारतर्फ डोटेल माविको नयाँ पहल, ध्यानी मण्डलको नेतृत्वमा ११ सदस्यीय समिति गठन

  • असोज १६, २०८३
  • २४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल,​ असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालयमा शिक्षक अभिभावक संघको गठन गरिएको छ । ​अभिभावक तथा सरोकारवालाहरूको भेलाले ध्यानी मण्डलको अध्यक्षतामा ११ सदस्यीय नयाँ समिति सर्वसम्मत चयन गरेको हो । ११ सदस्यीय समिति गठन भएसँगै विद्यालयमा शिक्षक अभिभावक संघले पूर्णता पाएको छ । ​विद्यालयको इतिहासमा यसअघि यसरी औपचारिक रूपमा शिक्षक अभिभावक संघ गठन गरिएको थिएन । पहिलोपटक संघ गठन भएपछि विद्यालयको शैक्षिक वातावरण सुधार र अभिभावक-शिक्षकबीचको सम्बन्ध अझ प्रगाढ हुने अपेक्षा गरिएको छ । ​विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देव कुमार महतोको दूरदर्शिता र सक्रियताका कारण विद्यालय सुधारको अभियान सकारात्मक बाटोमा अगाडि बढेको स्थानीय तथा अभिभावकहरूले बताएका छन् । नवनिर्वाचित समितिले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि र भौतिक पूर्वाधार विकासमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

लहान नगर अस्पतालको न ...

ओम प्रकाश यादव, लहान, १६ असोज । लहान नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालको भौतिक पूर्वाधार निर् ...

लाहानमा एलएमसी कलेजद ...

लाहान असोज १६ । लाहानस्थित एलएमसी कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतमा विशेष ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤