ताजा समाचार

खडकमा निःशुल्क मोतियाबिन्दु उपचार अभियान, ४३ बिरामी छनोट

  • असोज १४, २०८३
  • ३६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज १४ । सप्तरी जिल्लाको खडक नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क मोतियाबिन्दु उपचार अभियानअन्तर्गत खडक नगरपालिका वडा न. ९ स्थित आयुर्वेद औषधालय, लालपट्टीमा सञ्चालन गरिएको आँखा जाँच शिविरबाट ४३ जना मोतियाबिन्दुका बिरामी शल्यक्रियाका लागि छनोट भएका छन्। शिविरमा छनोट भएकामध्ये एक जना २० वर्षभन्दा मुनि उमेरका बिरामीसमेत रहेको जनाइएको छ। उमेरका हिसाबले सामान्यतया ज्येष्ठ नागरिकमा बढी देखिने मोतियाबिन्दुको समस्या कम उमेरका व्यक्तिमा समेत देखिएपछि नियमित आँखा परीक्षणको आवश्यकता थप स्पष्ट भएको छ।

नेपाल नेत्र ज्योति संघ, लहान आँखा तथा कान उपचार प्रणालीअन्तर्गत सगरमाथा चौधरी आँखा अस्पताल, लहानको प्राविधिक सहयोगमा सञ्चालन भइरहेको अभियानमा स्थानीय खडक नगरपालिकाका नागरिकको आँखा परीक्षण तथा मोतियाबिन्दु पहिचान गरिएको हो। शिविरबाट पहिचान भएका बिरामीहरूको आवश्यक प्रक्रिया पूरा गरी निःशुल्क शल्यक्रिया गरिने आयोजकले जनाएको छ।

निःशुल्क आँखा उपचार अभियानलाई प्रभावकारी बनाउन खडक नगरपालिकाका नगर प्रमुख जय प्रकाश चौधरीको विशेष पहल तथा नगरपालिकाको आर्थिक सहयोग रहेको छ। आर्थिक अभावका कारण आँखाको उपचारबाट वञ्चित हुनुपर्ने अवस्थाको अन्त्य गर्दै नगरवासीलाई गाउँमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले यस्ता शिविर सञ्चालन गरिएको हो।

नगर प्रमुख जय प्रकाश चौधरीले नगरपालिकाले स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्न प्राथमिकता दिएको बताउँदै आँखाजस्तो संवेदनशील अंगको उपचारमा आर्थिक अभाव बाधक बन्न नदिने नीति लिएको उल्लेख गरेका छन्। मोतियाबिन्दु पहिचान भएका बिरामीलाई समयमै उपचारमा जोड्दै आवश्यकताअनुसार निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाउनु अभियानको महत्वपूर्ण पक्ष रहेको नगरपालिकाले जनाएको छ।

शिविरमा विशेषगरी आर्थिक रूपमा कमजोर, ज्येष्ठ नागरिक तथा उपचारका लागि टाढा जान कठिन हुने स्थानीय बासिन्दाले प्रत्यक्ष लाभ लिएका छन्। गाउँमै आँखा परीक्षण हुने र मोतियाबिन्दु देखिएका बिरामीलाई शल्यक्रियाका लागि समेत निःशुल्क व्यवस्था भएपछि स्थानीयमा उत्साह देखिएको छ।यसअघि पनि स्थानीय तहसँगको सहकार्यमा सगरमाथा चौधरी आँखा अस्पतालले विभिन्न स्थानमा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै आएको छ। यस्ता शिविरमार्फत मोतियाबिन्दु पहिचान भएका बिरामीको निःशुल्क शल्यक्रिया हुँदै आएको सार्वजनिक विवरणमा उल्लेख छ।

खडक नगरपालिका–५ स्थित मालझुम्ना आयुर्वेद औषधालयमा २०८३ असोज १४ गते बिहान ५ बजेदेखि दिउँसो २ बजेसम्म समेत निःशुल्क आँखा जाँच शिविर सञ्चालन गर्ने कार्यक्रम रहेको छ। शिविरमा आँखासम्बन्धी समस्या भएका नागरिकले समयमै उपस्थित भई स्वास्थ्य परीक्षण गराउन आयोजकले आग्रह गरेको छ। आँखाको दृष्टि कमजोर हुने, धमिलो देखिने, राति हेर्न समस्या हुने वा आँखासम्बन्धी अन्य समस्या देखिएमा समयमै परीक्षण गराउनु आवश्यक हुने चिकित्सकहरूले बताउँदै आएका छन्। विशेषगरी मोतियाबिन्दु समयमै पहिचान गरी उपचार गरिए दृष्टि जोगाउन सकिने भएकाले नियमित आँखा परीक्षणमा ध्यान दिनुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस

लामो रस्साकस्सीपछि ज ...

रहमुल, लहान, १४ असोज । सिरहाको लहान नगरपालिका–१९ र २३ नं. वडाको बीचमा अवस्थित जनता माध्यमिक वि ...

स्वास्थ्य सेवामा लाम ...

रामअधार यादव, रौतहट, असोज, १४ रौतहट । रौतहटको कटहरिया नगरपालिका–१ स्थित भसेढवा स्वास्थ्य चौकीम ...

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤