ताजा समाचार

लहान–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सडक नाटक

  • असोज १२, २०८३
  • २६८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत सडक नाटक तथा जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ। समुदायमा सरसफाइ, स्वच्छता तथा स्वस्थ जीवनशैलीप्रति नागरिकलाई सचेत बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रमका क्रममा कलाकारहरूले सडक नाटकमार्फत दैनिक जीवनमा सरसफाइको महत्व, शौचालयको नियमित तथा उचित प्रयोग, फोहोरमैला व्यवस्थापन र स्वच्छ वातावरण निर्माणका विषयमा सन्देश दिएका थिए।

WhatsApp Image 2026-09-28 at 6.32.23 PM

 

मनोरञ्जनात्मक तथा प्रभावकारी शैलीमा प्रस्तुत गरिएको सडक नाटकले स्थानीय बासिन्दालाई आफ्नो घर, आँगन तथा टोलको सरसफाइमा जिम्मेवार बन्न प्रेरित गरेको थियो। सडक नाटकमार्फत ‘घर–घरको शान, स्वच्छता अभियान’, ‘शौचालयको प्रयोग गरौँ’, ‘फोहोर जथाभावी नफालौँ’, ‘आफ्नो घर–आँगन आफैँ सफा राखौँ’ लगायतका नारासहित स्वच्छताको सन्देश प्रवाह गरिएको थियो। कार्यक्रममा सरसफाइ केवल व्यक्तिगत वा घरायसी विषय मात्र नभई समुदायको स्वास्थ्य, वातावरण र समग्र जीवनस्तरसँग प्रत्यक्ष जोडिएको विषय भएकाले सबै नागरिकले आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको थियो।

WhatsApp Image 2026-09-28 at 6.32.25 PM (2)

 

विशेषगरी खुला ठाउँमा शौच गर्ने प्रवृत्तिको अन्त्य गर्दै प्रत्येक घरमा शौचालयको प्रयोग, शौचालयको उचित व्यवस्थापन तथा फोहोरमैला जथाभावी नफाल्ने बानीको विकास गर्नुपर्ने सन्देश सडक नाटकमार्फत दिइएको थियो। घलेटोलमा आयोजित सडक नाटक अवलोकन गर्न स्थानीय बासिन्दाको उल्लेख्य सहभागिता रहेको थियो। नाटकमार्फत मनोरञ्जनसँगै सरसफाइसम्बन्धी व्यवहारिक सन्देश दिइएकाले कार्यक्रम प्रभावकारी बनेको सहभागीहरूले बताएका थिए।

WhatsApp Image 2026-09-28 at 6.32.26 PM (1)

 

दैनिक व्यवहारमा सामान्य परिवर्तन ल्याउन सके घर, टोल हुँदै समग्र समुदायलाई स्वच्छ, स्वस्थ र व्यवस्थित बनाउन सकिने सन्देश कार्यक्रममा दिइएको थियो। स्थानीय बासिन्दालाई सरसफाइ अभियानमा निरन्तर सहभागी हुन तथा आफ्नो घर–आँगन र सार्वजनिक स्थल सफा राख्नसमेत आग्रह गरिएको थियो।

WhatsApp Image 2026-09-28 at 6.32.25 PM (1)

 

लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता अभियान’ अन्तर्गत नगरका विभिन्न वडामा सडक नाटक, स्वच्छता र्‍याली तथा जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ। अभियानमार्फत नागरिकमा सरसफाइसम्बन्धी चेतना अभिवृद्धि गर्दै व्यवहारमा सकारात्मक परिवर्तन ल्याउने र स्वच्छ, स्वस्थ तथा व्यवस्थित लहान निर्माणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

डाँका, ज्यान मार्ने ...

ओम प्रकाश यादव लहान, असोज १२ । जिल्ला सिरहामा डाँका, ज्यान मार्ने उद्योग, लागूऔषध, हातहतियार खरखजाना ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤