लहान कार्तिक २१ । सिरहाकाे मिर्चैया ईलाका प्रहरी कार्यालय काे सभाहलमा दलित विकास मञ्च सिरहाको आयोजना र ईलाका प्रहरी कार्यालय मिर्चैया काे सहकार्यमा नेपाल प्रहरीसँग बालविवाहसम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
बालविवाह न्यूनीकरण तथा अन्त्य गर्ने उद्देश्यले आयोजित कार्यक्रममा बालविवाहका कारण, यसले बालबालिकाको शिक्षा, स्वास्थ्य, सामाजिक जीवन तथा भविष्यमा पार्ने नकारात्मक प्रभावका विषयमा छलफल गरिएको थियो। कार्यक्रममा बालविवाह रोकथाम तथा नियन्त्रणका लागि नेपाल प्रहरी, स्थानीय सरकार, नागरिक समाज, अभिभावक र समुदायबीच सहकार्य तथा समन्वय आवश्यक रहेकोमा जोड दिइएको थियो।
त्यसैगरी, बालविवाहविरुद्ध समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्ने, बालबालिकाको शिक्षा र अधिकार सुनिश्चित गर्ने तथा बालविवाहसम्बन्धी कानुनी व्यवस्थाबारे नागरिकलाई सचेत गराउने विषयमा समेत अन्तरक्रिया गरिएको थियो।
कार्यक्रमले बालविवाहमुक्त समाज निर्माणका लागि सबै सरोकारवालालाई जिम्मेवार र सक्रिय बन्न प्रेरित गर्ने अपेक्षा गरिएको छ। दलित विकास मञ्च सिरहाका कार्यक्रम संयाेजक सरिता महराले ले बालबालिकाको अधिकार संरक्षण, शिक्षा प्रवर्द्धन तथा बालविवाह अन्त्यका लागि सरोकारवालासँगको सहकार्यलाई निरन्तरता दिने जनाएको छ।
प्रतिक्रिया दिनुहोस
महिनावारी सार्ने औषधि सेवन गर्नुअघि स्वास्थ्य जोखिमबारे सचेत बनौँ : स्वास्थ्यकर्मी तथा महिला अधिकारकर्मी ताजपुरिया
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved