ताजा समाचार

मलेसियामा निधन भएका लहानका राम सागर यादवको शव १० दिनपछि गाउँमा ल्याई अन्त्येष्टि

  • कार्तिक २२, २०८३
  • ११३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शियाराम यादव, लहान कार्तिक-२१ । सिरहाको लहान नगरपालिका–२३, बथनाहाका राम सागर यादवको मलेसियामा असामयिक निधन भएपछि १० दिनपछि शव नेपाल ल्याएर अन्त्येष्टि गरिएको छ। लहान नगरपालिकाका पूर्व नगर प्रहरी यादव करिब दुई महिनाअघि परिवारको लालनपालन तथा जीविकोपार्जनका लागि रोजगारीको सिलसिलामा मलेसिया पुगेका थिए।

मलेसियामा कार्यरत रहेकै अवस्थामा उनको दुःखद निधन भएको हो। प्राप्त जानकारीअनुसार यादव राति खाना खाएर सुतेका थिए। तर, उनी सुतेकै अवस्थामा मृत फेला परेका थिए। उनको मृत्यु प्राकृतिक कारणले भएको दाबी गरिएको छ। यादवको निधनको खबर प्राप्त भएपछि शव नेपाल ल्याउन परिवारजनले सहयोगका लागि पहल गरेका थिए।

सोही क्रममा एनआरएनए एनसीसी कतारका बोर्ड सदस्य तथा सञ्चारकर्मी शियाराम यादवलाई जानकारी गराइएको थियो। शियाराम यादवले हेल्प मधेसी मलेसिया तथा मलेसियास्थित नेपाली राजदूतावासका सचिव सुशील घिमिरेसँग समन्वय गरी आवश्यक प्रक्रिया अघि बढाउन र शव नेपाल पठाउन सहयोग गरेका थिए। लामो समन्वय र पहलपछि गत ६ तारिख नेपाली समयअनुसार राति ९ बजे यादवको शव नेपाल आइपुगेको थियो।

त्यसपछि आज बिहान शव गाउँ पुर्‍याइएपछि परिवारजन, आफन्त तथा स्थानीयको उपस्थितिमा अन्तिम दाहसंस्कार गरिएको छ। वैदेशिक रोजगारीका लागि विदेशिएका यादवको यसरी असामयिक निधन भएपछि बथनाहा गाउँ शोकमा डुबेको छ।

परिवारको सुखद भविष्य र जीविकोपार्जनका लागि विदेशिएका उनको दुःखद निधनले परिवारजन तथा आफन्तजनमा अपूरणीय क्षति पुगेको छ। यस दुःखद घडीमा शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरिएको छ।

प्रतिक्रिया दिनुहोस

महिनावारी सार्ने औषध ...

रहमुल, सिरहा, २१ कार्तिक । तिहार तथा छठ पर्वको समयमा महिनावारी हुने डरले औषधि सेवन गरी महिनावारी पर ...

नेशनल मेडिकल कलेजमा ...

रंजित चौरसिया वीरगंज २२ कात्तिक। तिहार पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजमा ...

लहान–१२ भोटियाटोलमा ...

ओम प्रकाश यादव लहान, २२ कात्तिक । सिरहाको लहान नगरपालिका–१२ भोटियाटोल चौकमा सुविधा सम्पन्न &ls ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤