ताजा समाचार

नेशनल मेडिकल कलेजमा तिहारको रौनक, रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम

  • कार्तिक २२, २०८३
  • ३२१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रंजित चौरसिया वीरगंज २२ कात्तिक। तिहार पर्वको अवसरमा नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल, वीरगंजमा आयोजित अन्तरविभागीय रंगोली प्रतियोगितामा नर्सिङ कलेज टोली प्रथम भएको छ। कलेजको इभेन्ट कमिटीद्वारा आयोजित प्रतियोगितामा संस्थाका विभिन्न विभागका कर्मचारीहरूबीच आपसी सद्भाव, एकता, सांस्कृतिक आदानप्रदान तथा सिर्जनशीलता अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

प्रतियोगितामा प्रशासन, आईबीएमएस, नर्सिङ कलेज, नर्सिङ स्टाफ र डेन्टल गरी पाँच टोलीले सहभागिता जनाएका थिए। सहभागी टोलीहरूले तिहारको सांस्कृतिक महत्त्व, परम्परा र मौलिकतालाई रंगोलीमार्फत आकर्षक तथा सिर्जनात्मक रूपमा प्रस्तुत गरेका थिए। प्रतियोगिताको अन्तिम नतिजाअनुसार नर्सिङ कलेज टोलीले प्रथम, आईबीएमएस टोलीले द्वितीय र नर्सिङ स्टाफ टोलीले तृतीय स्थान हासिल गरेका छन्। त्यसैगरी प्रशासन टोली चौथो र डेन्टल टोली पाँचौँ स्थानमा रहेका छन्। कार्यक्रममा कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अंसारी, अस्पताल निर्देशक डा. इशरत जहान तथा प्राचार्य प्रा. डा. के.एन. सिंहको विशेष उपस्थिति रहेको थियो।

प्रतियोगिताको मूल्याङ्कन उपप्राचार्य डा. रविशंकर गुप्ता, प्रा. डा. बबिता सिंह, प्रा. डा. सरोज देउ, प्रा. गंगा गुरुङ र प्रमुख वित्त अधिकृत मुकुन्द भुसाल सम्मिलित पाँच सदस्यीय निर्णायक मण्डलले गरेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै कलेजका अध्यक्ष प्रा. डा. जैनुद्दिन अन्सारीले रंगोली नेपाली तथा दक्षिण एसियाली चाडपर्वको सांस्कृतिक पहिचान, सिर्जनशीलता र सौन्दर्यको महत्वपूर्ण प्रतीक भएको बताउनुभयो। उहाँले प्रतियोगिताले विभिन्न विभागमा कार्यरत कर्मचारीहरूलाई एउटै साझा मञ्चमा जोड्दै आपसी सद्भाव, सहकार्य र सामूहिक भावनालाई थप मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो।

यस्ता सांस्कृतिक गतिविधिले कर्मचारीहरूबीच आत्मीयता, सकारात्मक सम्बन्ध र संस्थाप्रतिको अपनत्व बढाउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै उहाँले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो। साथै सहभागी सबै टोलीको मेहनत, उत्साह र सिर्जनशीलताको प्रशंसा गर्दै विजयी तथा सहभागी टोलीहरूलाई बधाई दिनुभयो। प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने टोलीलाई क्रमशः नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरिएको थियो। त्यसैगरी चौथो र पाँचौँ स्थान हासिल गर्ने टोलीलाई समेत सान्त्वना पुरस्कारस्वरूप नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो। सबै पुरस्कार तथा प्रमाणपत्र कलेजका अध्यक्ष प्रा. डा. अंसारीले वितरण गर्नुभएको थियो।

कार्यक्रमको नेतृत्व इभेन्ट कमिटीका अध्यक्ष तथा प्रमुख सूचना अधिकृत (CIO) इन्जिनियर प्रदीप कुमार चौधरीले गर्नुभएको थियो। कमिटीको सदस्य–सचिवमा ऋचा सिंह तथा सदस्यहरूमा जितेश चन्द्र दास, विश्वनाथ कण्ठ, केशव भण्डारी, ब्रजकिशोर चौधरी र सन्तोष पोखरेल रहनुभएको थियो। प्रतियोगिताले कर्मचारीहरूलाई आफ्नो कला तथा प्रतिभा प्रस्तुत गर्ने अवसर प्रदान गर्नुका साथै संस्थाभित्र सांस्कृतिक एकता, आपसी सम्मान र सहकार्यको भावना अभिवृद्धि गरेको आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–१२ भोटियाटोलमा ...

ओम प्रकाश यादव लहान, २२ कात्तिक । सिरहाको लहान नगरपालिका–१२ भोटियाटोल चौकमा सुविधा सम्पन्न &ls ...

दलित बालबालिकाको शिक ...

रहमुल, लहान २० कार्तिक । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभा हलमा दलित बालबालिकाको शिक्षा ...

सिसवनीमा प्रथम भेट्र ...

रहमुल, लहान, २० कार्तिक। सिरहाको लहान नगरपालिका २२ स्थित सिसवनीमा बुधबारदेखि प्रथम भेट्रान फुटबल प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤