शियाराम यादव,लहान कार्तिक-२६। जनता समाजवादी पार्टी (जसपा) नेपाल वडा इकाई कमिटी लहान–२३ को आयोजनामा दशैं, दीपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ।
लहान–२३ स्थित श्री सहिद रमेश महतो आधारभूत विद्यालयमा बिहीबार आयोजित कार्यक्रममा वडा इकाई कमिटीका अध्यक्ष जागेश्वर यादवको अध्यक्षता तथा जसपा नेपालका केन्द्रीय समिति सदस्य सत्यनारायण यादवको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा जसपा नेपालका जिल्ला उपसचिव तथा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो, नेता प्रयागलाल यादव, लहान नगर अध्यक्ष राम उदगार महतो, लहान–२३ का वडाध्यक्ष बद्री नारायण यादव, वडा सदस्य शत्रुधन प्रसाद यादवसहित क्षेत्रीय नेता, कार्यकर्ता तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले दशैं, दीपावली तथा छठ पर्वको शुभकामना व्यक्त गर्दै सामाजिक न्याय, समावेशी लोकतन्त्र, समानता र समृद्ध समाज निर्माणका लागि एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए। कार्यक्रमले आपसी सद्भाव, सामाजिक एकता र राजनीतिक सहकार्यलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
लोप हुने अवस्थामा परम्परागत ‘सुहराइया’ अर्थात् हुयालोलो पर्व, भसेढवा–झौवामा अझै जोगाइँदै पुस्तौँ पुरानो संस्कृति
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved