Siraha Times
ताजा समाचार

बरियारपट्टी–५ को आधारभूत विद्यालयमा विद्यालय सहयोगी पदका लागि आवेदन खुला

  • असोज १०, २०८३
  • २३४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल, लहान १० असोज । सिरहाको बरियारपट्टी गाउँपालिका–५ हरिपुर–जिझौलस्थित श्री आधारभूत विद्यालयले विद्यालय सहयोगी (का.स.) पदमा एक जना कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ। विद्यालयले शिक्षा विकास तथा समन्वय इकाइ, सिरहाको अनुमति तथा बरियारपट्टी गाउँपालिकाबाट प्राप्त स्वीकृतिका आधारमा विद्यालयमा रिक्त रहेको विद्यालय सहयोगी पदमा पदपूर्ति गर्न विज्ञापन प्रकाशित गरेको हो। विद्यालय व्यवस्थापन समितिको २०८३ असोज ५ गतेको निर्णयअनुसार पदपूर्ति प्रक्रिया अघि बढाइएको विद्यालयले जनाएको छ।

विद्यालयले प्रकाशित गरेको विज्ञापनअनुसार विज्ञापन नं. १/२०८३/०८४ अन्तर्गत विद्यालय सहयोगी पदमा एक जना कर्मचारी माग गरिएको छ। उक्त पद श्रेणीविहीन रहेको र नियुक्ति अस्थायी करार सेवाका रूपमा हुने जनाइएको छ।

उम्मेदवारका लागि न्यूनतम शैक्षिक योग्यता कक्षा ८ उत्तीर्ण तोकिएको छ। आवेदन दिने उम्मेदवार नेपाली नागरिक हुनुपर्नेछ भने उमेर १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्ने विद्यालयले जनाएको छ। छनोट प्रक्रिया अन्तर्गत लिखित, मौखिक तथा प्रयोगात्मक परीक्षा सञ्चालन गरिनेछ। छनोट भएका उम्मेदवारको तलब नेपाल सरकार तथा स्थानीय तहबाट उपलब्ध हुने अनुदान अनुसार हुने विद्यालयले जनाएको छ। आवेदनका लागि रु. १ हजार ५ रुपैयाँ दस्तुर तोकिएको छ। दस्तुर प्रभु बैंकको बरियारपट्टी शाखामा रहेको विद्यालयको खाता नम्बर १४७०१५०६८२२०००१५ मा जम्मा गरी बैंक दाखिला भौचरको सक्कल प्रति आवेदनसँगै पेश गर्नुपर्नेछ।

विद्यालयका अनुसार इच्छुक उम्मेदवारले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र, अर्थात् २०८३ असोज २२ गतेसम्म, विद्यालयमा आवेदन पेश गर्नुपर्नेछ। आवेदन विद्यालय खुलेका दिन बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म बुझाउन सकिने व्यवस्था गरिएको छ। आवेदन सँगै नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, शैक्षिक योग्यता प्रमाणपत्रहरूको प्रमाणित प्रतिलिपि, हालसालै खिचिएको दुई प्रति पासपोर्ट साइजको रंगीन फोटो र दस्तुर बुझाएको बैंक भौचरको सक्कल प्रति पेश गर्नुपर्नेछ।

विद्यालयले सम्पर्क मिति २०८३ कात्तिक ११ गते तोकेको छ। परीक्षा सञ्चालन हुने मिति र स्थान भने सोही सम्पर्क मितिमा जानकारी गराइने विद्यालयले जनाएको छ। थप जानकारीका लागि विद्यालयले ९८२९७१०३३९ र ९८०७७१४३५८ नम्बरमा सम्पर्क गर्न सकिने जनाएको छ। विद्यालयका प्रधानाध्यापक जिवनेश्वर प्रसाद यादवद्वारा जारी सूचनामा तोकिएको योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई निर्धारित समयभित्र रीतपूर्वक आवेदन पेश गर्न आग्रह गरिएको छ।

प्रतिक्रिया दिनुहोस

लहान–४ चम्पापुरमा वि ...

रहमुल, लहान १० असोज । सिरहाको लहान नगरपालिका–४ चम्पापुरस्थित श्री मधेश शहीद विजय सहनी आधारभूत ...

आठ वर्षदेखि अल्झिएको ...

रहमुल, लहान, १० असोज । सिरहाको लहान नगरपालिका–२४ झुटकीमा तीन पुस्तादेखि मोहीका रूपमा जग्गा भोग ...

रौतहटमा लालबकैया खोल ...

रामअधार यादव, रौतहट, असोज, १० । बारा जिल्ला सिम्रौनगढ नगरपालिका-११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤