ताजा समाचार

जसपा नेपाल सिरहामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन

  • असोज १३, २०८३
  • ४३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित बैठकले अशोक कुमार यादवको अध्यक्षतामा ६५ सदस्यीय जिल्ला समिति सर्वसम्मत चयन गरेको छ। ‘संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धि’ भन्ने मूल नाराका साथ सिरहाको समिक्षालयमा सम्पन्न बैठकबाट जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल सिरहाबीचको जिल्ला तहको समायोजन प्रक्रिया अघि बढाउँदै नयाँ जिल्ला समिति चयन गरिएको हो। 

२०८३ साल असोज ४ गते बसेको समायोजन समितिको बैठकले सर्वसम्मत रूपमा जिल्ला कार्यसमिति चयन गरेको जनाइएको छ। नयाँ समितिको नेतृत्वमा अध्यक्ष अशोक कुमार यादव रहेका छन्। नवनिर्वाचित जिल्ला समितिको उपाध्यक्षमा रामदयाल यादव र अशोक कुमार मण्डल, सचिवमा बिन्दुकुमार मण्डल, उपसचिवमा दिनेश महतो र सन्तोष यादव तथा कोषाध्यक्षमा लक्ष्मी कुमारी श्रेष्ठ चयन भएका छन्।

त्यसैगरी कार्यकारिणी सदस्यमा प्रयाग लाल यादव, बजरंगबली यादव, जानकी यादव, अजय कुमार यादव, विनोद कुमार कामती, लालचाव यादव, मनी कुमारी चौधरी, जय प्रकाश सिंह, राम शरण यादव, बढी नारायण यादव, पनिता पासमान, शोभा कुमारी साह र मनोज यादव चयन भएका छन्।

जिल्ला सदस्यतर्फ रेखा कुमारी यादव, अनिता कुमारी चौधरी, ललिता यादव, अनिता सिंह, राधा कुमारी देखीमहतो, बिनिता यादव, सकिला खातुन, शैल कुमारी देवी महतो, मिथलेस देवी, बिना कुमारी यादव, अनिता देवी चौधरी, किरण कुमारी साह, शिवशंकर महतो, महेश यादव, नविन कुमार यादव, वंशीलाल यादव, योगानन्द यादव, योगेन्द्र प्रसाद यादव, राजेन्द्र यादव, शिवजी यादव, उमेश कुमार साह, सरोज यादव, पशुपती प्रसाद साह, उमेश कुमार नायक, विष्णु प्रसाद यादव, प्रदिप कुमार महतो, श्रीदेव यादव, सम्पत लाल मण्डल, कृष्ण यादव, अजय झा, विशेश्वर सदा, राज किशोर यादव, प्रमोद यादव, प्रमोद मिश्रा, रोषण यादव, अनिल झा, सरबिन कुमार यादव, नन्द किशोर यादव र श्याम सुन्दर यादव चयन भएका छन्।

बैठकमा पार्टी एकीकरण तथा संगठन सुदृढीकरणसँगै जिल्लाका विभिन्न राजनीतिक, सामाजिक तथा जनजीविकासँग सम्बन्धित विषयमा समेत छलफल भएको जनाइएको छ। समायोजनपछि बनेको नयाँ जिल्ला समितिले पार्टी संगठनलाई थप व्यवस्थित गर्दै स्थानीय तहदेखि जिल्ला तहसम्म संगठन विस्तार र जनतासँगको सम्बन्धलाई मजबुत बनाउने अपेक्षा गरिएको छ।

नयाँ समितिको गठनसँगै सिरहामा जनता समाजवादी पार्टी, नेपालले संगठनात्मक गतिविधिलाई थप सक्रिय बनाउने तयारी गरेको छ। पार्टीले संघीयता, सुशासन, सामाजिक न्याय र समृद्धिलाई आफ्नो मूल राजनीतिक नाराका रूपमा अघि सार्दै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤