ताजा समाचार

लाहानमा एलएमसी कलेजद्वारा कक्षा ११ का विद्यार्थीलाई स्वागत

  • असोज १६, २०८३
  • ३१९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लाहान असोज १६ । लाहानस्थित एलएमसी कलेजले कक्षा ११ मा भर्ना भएका नयाँ विद्यार्थीहरूको स्वागतमा विशेष कार्यक्रम आयोजना गरेको छ। कक्षा १२ का विद्यार्थीहरूको आयोजनामा लाहानस्थित होटल ग्रीन गार्डेनमा कार्यक्रम सम्पन्न भएको हो। कार्यक्रमको अध्यक्षता कलेजका फाउन्डर सदस्य मोहन साहले गरेका थिए भने प्रमुख अतिथिका रूपमा नेपाल पत्रकार महासंघ सिराहा शाखाका सभापति मनोज बनैता यादव सहभागी थिए।

0bb60747-bf43-4081-8781-195ec86347ec

कार्यक्रममा कलेजका प्रधानाध्यापक वीरेन्द्र यादव, फाउन्डर सदस्य अरविन्द्र महरा लगायत विज्ञान तथा व्यवस्थापन संकायका शिक्षक तथा सदस्यहरूको उपस्थिति थियो। कार्यक्रमको उद्घाटन अध्यक्ष मोहन साह र प्रमुख अतिथि मनोज बनैता यादवले गमलामा पानी हालेर संयुक्त रूपमा गरेका थिए। कार्यक्रममा वक्ताहरूले विद्यार्थी जीवनमा शिक्षा, अनुशासन, मेहनत, सकारात्मक सोच र जिम्मेवारीबोधको महत्त्वबारे चर्चा गरेका थिए।

उनीहरूले नयाँ विद्यार्थीलाई अध्ययनमा केन्द्रित हुँदै आफ्नो लक्ष्य प्राप्तिका लागि निरन्तर मेहनत गर्न सुझाव दिए। प्रमुख अतिथि मनोज बनैता यादवले विद्यार्थीको सफल भविष्य निर्माणमा शिक्षा र अनुशासनसँगै सञ्चार सीप, सिर्जनशीलता र सामाजिक जिम्मेवारी पनि महत्वपूर्ण हुने बताए। उनले विद्यार्थीलाई अध्ययनसँगै असल संस्कार र जिम्मेवार नागरिक बन्न प्रेरित गरे। कार्यक्रममा कक्षा १२ का विद्यार्थीहरूले कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत गर्दै विभिन्न सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुति समेत दिएका थिए।

प्रतिक्रिया दिनुहोस

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

लहान नगर अस्पतालको न ...

ओम प्रकाश यादव, लहान, १६ असोज । लहान नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालको भौतिक पूर्वाधार निर् ...

ज्येष्ठ नागरिकहरूको ...

ओम प्रकाश यादव लहान असोज १६ । अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सप्तरी जिल्लाको खडक नगरपा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤