ताजा समाचार

लहान-२३मा मिथिला सामुदायिक सिकाइ केन्द्रको २१औँ वार्षिक साधारण सभा सम्पन्न

  • असोज १७, २०८३
  • ३२४ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शियाराम यादव ,लहानअसोज-१७ । सिरहाको लहान नगरपालिका–२३, गाढास्थित मिथिला सामुदायिक सिकाइ केन्द्रको २१औँ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ। संस्थाका अध्यक्ष बिलेक्षण महतोको अध्यक्षतामा सम्पन्न सभामा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो प्रमुख अतिथिका रूपमा उपस्थित थिए। 

May be an image of one or more people and text

सभामा लहान नगरपालिका–२३ का वडाध्यक्ष बद्री नारायण यादव विशिष्ट अतिथिका रूपमा सहभागी भएका थिए। कार्यक्रममा विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, समाजसेवी, बुद्धिजीवी, पत्रकार, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। साधारण सभामा संस्थाले पछिल्लो वर्ष सञ्चालन गरेका विभिन्न गतिविधि, वार्षिक प्रगति तथा आर्थिक अवस्थाबारे समीक्षा गरिएको थियो। साथै आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि संस्थाले अघि सारेका कार्यक्रम तथा कार्ययोजनामाथि विस्तृत छलफल गरिएको थियो।

May be an image of one or more people and text

केन्द्रले आगामी आर्थिक वर्षका लागि १४ वटा कार्यक्रम समेटिएको वार्षिक कार्ययोजना प्रस्तुत गरेको छ। प्रस्तावित कार्यक्रमअन्तर्गत स्वास्थ्य शिविर सञ्चालन, कृषि सम्बन्धी अभिमुखीकरण तथा तालिम, परम्परागत सीपको संरक्षण, प्रवर्द्धन तथा आधुनिकीकरण, डिजिटल साक्षरता कार्यक्रम, अन्तरविद्यालय कबड्डी तथा खेलकुद प्रतियोगिता, वातावरण संरक्षण र उद्यमशीलता विकासलगायतका कार्यक्रम रहेका छन्। प्रस्तावित १४ वटा कार्यक्रम सञ्चालनका लागि केन्द्रले कुल ४ लाख ४५ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। स्थानीय आवश्यकता र समुदायको सहभागितालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्ने कार्ययोजनामा उल्लेख गरिएको छ।

May be an image of one or more people and text

त्यसैगरी, सभाले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिलाई समेत प्राथमिकतामा राखेको छ। विद्यालयबाहिर रहेका बालबालिकालाई विद्यालयमा भर्ना गराउने अभियान सञ्चालन गर्ने तथा शिक्षाप्रति अभिभावक र समुदायको चासो बढाउने कार्यक्रमलाई पनि आगामी वर्षको योजनामा समेटिएको छ। केन्द्रले वडा तहमा हाजिरीजवाफ प्रतियोगिता आयोजना गर्ने योजना समेत अघि सारेको छ। विद्यार्थीमा ज्ञान, सिर्जनशीलता र प्रतिस्पर्धात्मक क्षमताको विकाससँगै विद्यालय तथा समुदायबीचको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यले यस्ता कार्यक्रम सञ्चालन गरिने जनाइएको छ।

May be an image of one or more people, people studying and text

सभामा सहभागी वक्ताहरूले सामुदायिक सिकाइ केन्द्रले शिक्षा, स्वास्थ्य, सीप विकास तथा सामाजिक चेतना अभिवृद्धिमा समुदायसँग सहकार्य गर्दै अघि बढ्नुपर्नेमा जोड दिएका थिए। स्थानीयस्तरमा उपलब्ध स्रोत, साधन र जनशक्तिको प्रभावकारी परिचालन गर्दै समुदायको आवश्यकता र प्राथमिकताअनुसार कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा उनीहरूले राखेका थिए।

May be an image of one or more people and people studying

कार्यक्रममा संस्थाको आगामी कार्यदिशा, समुदायको सहभागिता तथा योजनाको प्रभावकारी कार्यान्वयनका विषयमा समेत छलफल भएको थियो। आगामी वर्ष प्रस्ताव गरिएका कार्यक्रमलाई व्यवहारमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न संस्थाले स्थानीय तह, विद्यालय, अभिभावक तथा सरोकारवालासँग सहकार्य गर्ने जनाएको छ। २१औँ वार्षिक साधारण सभाले सामुदायिक सिकाइ केन्द्रको आगामी यात्राका लागि शिक्षा, सीप, स्वास्थ्य, वातावरण र उद्यमशीलतालाई प्राथमिकतामा राख्दै समुदायमुखी कार्यक्रम सञ्चालन गर्ने आधार तय गरेको छ।

प्रतिक्रिया दिनुहोस

शैक्षिक सुधारतर्फ डो ...

विनोद अविरल,​ असोज १६ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१२ मा रहेको डोटेल माध्यमिक विद्यालय ...

कांग्रेस केन्द्रीय स ...

ओम प्रकाश यादव, लहान, १६ असोज । नेपाली कांग्रेसका नेता तथा लहान नगरपालिकाका नगर प्रमुख महेश प्रसाद च ...

लहान नगर अस्पतालको न ...

ओम प्रकाश यादव, लहान, १६ असोज । लहान नगरपालिकाले निर्माण गरिरहेको नगर अस्पतालको भौतिक पूर्वाधार निर् ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤