ताजा समाचार

तेस्रो वडा अध्यक्ष अन्तर प्रदेश आमन्त्रित कराते प्रतियोगिता समपन्न

  • असोज १९, २०८३
  • ३४२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश, जिती मधेश’ भन्ने नाराका साथ आयोजना गरिएको तेस्रो वडा अध्यक्ष अन्तरप्रदेश ३ दिने आमन्त्रित कराते प्रतियोगिता २०८३ गोलबजारमा सम्पन्न भएको छ। गोलबजार नगरपालिका वडा न. २, लालपुर, सिरहामा आयोजना गरिएको प्रतियोगिताको समापन असोज १८ गते गरिएको हो। प्रतियोगिताको समन्वय गोलबजार कराते डोजो–२, सिरहाले गरेको थियो भने आयोजक गोलबजार नगरपालिका–२ नम्बर वडा कार्यालय, लालपुर रहेको थियो। 

समापन समारोहको अध्यक्षता गोलबजार नगरपालिका–२ का वडा अध्यक्ष सुकदेव सिंहले गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति सिरहाका प्रमुख दिनेश कुमार महतो प्रमुख अतिथिका रूपमा सहभागी हुनुभएको थियो। त्यस्तै कार्यक्रममा विशिष्ट अतिथि विष्णु न्यौपाने तथा अतिथिहरूमा समाजसेवी शिव दयाल, कुन्ती गुरुङ, उमेश गुरुङ, दुर्गा धामी, राम जीवन सिंह, मनु स्याङ्दे, श्रीराम साह, रोशन लाल कर्ण, हेम रञ्जन, वीरेन्द्र लाल कर्ण र रामप्रवेश मण्डल लगायतको उपस्थिति रहेको थियो।

तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा विभिन्न स्थान तथा प्रदेशबाट आएका कराते खेलाडीहरूले उत्साहपूर्वक सहभागिता जनाएका थिए। प्रतियोगिताले स्थानीय तथा प्रदेशस्तरमा कराते खेलको विकास, खेलाडीको प्रतिभा पहिचान र खेलकुदप्रतिको आकर्षण बढाउन महत्वपूर्ण भूमिका खेलेको आयोजकले जनाएको छ। समापन समारोहमा वक्ताहरूले खेलकुद केवल मनोरञ्जनको माध्यम नभई स्वस्थ जीवनशैली, अनुशासन, आत्मविश्वास र राष्ट्र निर्माणको महत्वपूर्ण आधार भएको बताए। विशेषगरी युवापुस्तालाई सकारात्मक गतिविधिमा जोड्न तथा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न सक्षम बनाउन स्थानीय तहबाट खेलकुद क्षेत्रमा निरन्तर लगानी र प्रोत्साहन आवश्यक रहेकोमा जोड दिइएको थियो।

कार्यक्रमका क्रममा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी तथा विजेता टोलीलाई पुरस्कार, पदक तथा प्रमाणपत्र प्रदान गर्दै सम्मान गरिएको थियो। प्रतियोगितामा सहभागी खेलाडीहरूले अनुशासन, खेल भावना र उत्कृष्ट प्रदर्शनमार्फत प्रतियोगितालाई थप आकर्षक बनाएका थिए। प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न कार्यक्रम सञ्चालक कसम लामाको अथक प्रयास तथा सक्रिय भूमिका महत्वपूर्ण रहेको आयोजक पक्षले जनाएको छ। लामाको निरन्तर पहल, समन्वय र व्यवस्थापनका कारण प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न सहयोग पुगेको बताइएको छ।

स्थानीय स्तरबाट आयोजना गरिएको यस प्रकारको अन्तरप्रदेशस्तरीय कराते प्रतियोगिताले गोलबजार–२ लाई खेलकुद गतिविधिको केन्द्रका रूपमा स्थापित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ। आगामी दिनमा पनि यस्ता प्रतियोगितालाई निरन्तरता दिँदै स्थानीय खेलाडीको क्षमता विकास र राष्ट्रियस्तरमा पहिचान स्थापित गर्न पहल गरिने आयोजकले जनाएको छ। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश, जिती मधेश’ भन्ने मूल भावनासहित सम्पन्न प्रतियोगिताले मधेशका युवा खेलाडीमा नयाँ ऊर्जा र उत्साह थपेको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

कटहरियामा नेपाली कम् ...

रामअधार यादव, रौतहट, असोज १८ । नेपाली कम्युनिस्ट पार्टी कटहरिया नगरको समायोजन बैठक सम्पन्न भएको छ। ब ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤