ताजा समाचार

लहानमा १५ दिने थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला आयोजना हुँदै

  • असोज १९, २०८३
  • ९८ पटक पढिएको
  • सिरहा टाइम्स
alt

बिरेन्द्र नेपाल लहान असोज १९ । थारु समुदायको मौलिक कला, संस्कृति, परम्परा, खानपान तथा पहिचानको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले सिरहाको लहानमा १५ दिने ‘थारु सांस्कृतिक दशैं–तिहार उत्सव मेला २०८३’ आयोजना हुने भएको छ । थारु कल्याणकारी सभा सिरहाको आयोजनामा लहान नगरपालिका–१ स्थित श्री पशुपति माध्यमिक विद्यालयको खेलमैदानमा मेला आयोजना गर्न लागिएको हो ।

मेलाको उद्घाटन घटस्थापनाको दिन २०८३ असोज २५ गते आइतबार हुने आयोजकले जनाएको छ । मेला दैनिक दिउँसो १ बजेदेखि सञ्चालन हुने बताइएको छ । मेलाका संयोजक दशमिलाल चौधरीका अनुसार दशैंको लामो बिदाको अवसर तथा चाडपर्वको समयलाई मध्यनजर गर्दै विद्यालयको अनुमति लिएर विद्यालयको खेलमैदानमा मेला सञ्चालन गर्न लागिएको हो । उनका अनुसार करिब १५ दिनसम्म सञ्चालन हुने मेलाले स्थानीय समुदायलाई मनोरञ्जनसँगै आफ्नो मौलिक संस्कृति बुझ्ने र नयाँ पुस्तासम्म हस्तान्तरण गर्ने अवसर प्रदान गर्नेछ ।

मेलाका प्रवक्ता अजय कुमार चौधरीले थारु समुदायका लोपोन्मुख लोकनृत्य तथा परम्पराको संरक्षण गर्नु मेलाको प्रमुख उद्देश्य रहेको बताए । उनका अनुसार धुमरा, सखिया, झिझिया, सामा–चकेवा लगायतका मौलिक नृत्य तथा पौराणिक गीत–संगीत प्रस्तुत गरिनेछ । मेलामा थारु समुदायका परम्परागत परिकार बगिया, घोंघी, सितुवा, कोकरा, तेलपुरी, भका, पेरवा, सिध्रा लगायतका खानाका स्टल राखिनेछन् । त्यस्तै थारु भेषभूषा, गहना, हस्तकला, स्थानीय परम्परागत प्रविधि तथा सामग्रीको प्रदर्शनी र बिक्री–वितरणसमेत गरिने आयोजकले जनाएको छ ।

मेलाका अन्य आकर्षणमा सांस्कृतिक झाँकी, स्थानीय कला तथा संगीत प्रस्तुति, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कलाकारको सांगीतिक प्रस्तुति, पहलमानी (कुस्ती), जलपरी, झुला तथा बाल मनोरञ्जनका खेलहरू रहनेछन् । प्रवक्ता चौधरीले मेला थारु समुदायमा मात्र सीमित नभई विभिन्न जातजातिका कला, संस्कृति र परम्पराको संरक्षण तथा सांस्कृतिक आदानप्रदानको साझा थलो बनाउने उद्देश्य रहेको बताए । उनले मेलाले आपसी भाइचारा, सद्भाव र सामाजिक एकता बलियो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आयोजकले मौलिक संस्कृति र पहिचान प्रवर्द्धन गर्ने अभियानलाई आम जनसमुदायसम्म पुर्‍याउन सञ्चारकर्मी तथा पत्रकारलाई समाचार, सूचना र प्रचार–प्रसारमार्फत सहयोग गरिदिन आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस

कटहरिया बजारमा टेम्प ...

रामअधार यादव, रौतहट, असोज, १९ गते । रौतहट जिल्लाको प्रसिद्ध व्यापारिक बजार कटहरियामा टेम्पु तथा ई&nd ...

तेस्रो वडा अध्यक्ष अ ...

ओम प्रकाश यादव लहान, असोज १९ । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद–खेली मधेश ...

माछ–मरुवा देखि निर्ज ...

रहमुल, लहान, १८ असोज । मधेस–मिथिलाको लोकजीवनमा पुस्तौँदेखि विशेष आस्था, विश्वास र सांस्कृतिक प ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤