Siraha Times
ताजा समाचार

नेपाली कांग्रेस सिरहा–१ बाट प्रमेश्वर साहसहित पाँच जनाको नाम समानुपातिक सूचीमा सिफारिस

  • मंसिर २१, २०८२
  • ८१५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, २१ मंसिर। आगामी २१ फागुनमा हुन गईरहेको प्रतिनिधीसभा निर्वाचनलाई लक्षित गर्दै नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ ले समानुपातिक तर्फका उम्मेदवारको नाम सिफारिस गरेको छ। पार्टीको आन्तरिक प्रक्रिया र परिपत्र अनुसार क्षेत्रीय समितिले युवानेता प्रमेश्वर साहसहित पाँच जनाको नाम केन्द्रका लागि पठाएको हो।

नेपाली कांग्रेसमा लगभग तीन दशकदेखि सक्रिय रहेका साहले आफ्नो राजनीतिक यात्रा नेपाल विद्यार्थी संघबाट सुरु गरेका थिए। विद्यार्थी राजनीतिबाट प्रर्वश गरेका उनी सिरहामा विद्यार्थी राजनीति तथा पार्टी संगठन सुदृढीकरणमा महत्वपूर्ण भूमिका खेलेका व्यक्तित्व मानिन्छन्। नेपाल विद्यार्थी संघ सिरहाको अध्यक्ष हुँदै उनी केन्द्रीय सह–महामन्त्री पदमा निर्विरोध निर्वाचित भएका थिए। त्यसअघि साह लहानस्थित जेएस मुरारका क्याम्पसमा छात्र संघ (स्ववियु) सभापतिसमेत निर्वाचित भएका थिए।

साह कांग्रेसभित्र इमानदार, बफादार र संगठन–मुखी कार्यकर्ताका रूपमा परिचित छन्। स्थानीय तहदेखि पार्टीका विभिन्न तहमा रहेर नेतृत्वदायी जिम्मेवारी सम्हाल्दै आएका उनले युवालाई पार्टी राजनीतिमा सक्रिय सहभागी गराउने अभियान निरन्तर गर्दै आएका छन्। यही समर्पण र संगठनको योगदानलाई ध्यानमा राखेर उनलाई प्रतिनिधीसभा सदस्यको समानुपातिक सिफारिसमा अग्रपंक्तिमा राखिएको कांग्रेस नेताहरू बताउँछन्।

युवानेता साहसँगै पार्टीले समानुपातिक तर्फ चारजना अन्य अग्रणी कार्यकर्ताको नाम पनि सिफारिस गरेको छ। सिफारिस सूचीमा श्रीचन पासवान, उषा राउत, सर्मिला पोखरेल र सूर्यनारायण यादवको नाम रहेका छन्। यी सबैलाई पार्टी संरचना, संगठन विकास तथा सामाजिक क्षेत्रमा सक्रिय योगदानका आधारमा सिफारिस गरिएको क्षेत्रीय समितिको भनाइ छ।

कांग्रेस सिरहा–१ का नेताहरूका अनुसार सिफारिस गरिएको नाम अन्तिम सूची होइन। पार्टीको प्रदेश र केन्द्रको प्रक्रियापछि मात्र समानुपातिक उम्मेदवारको अन्तिम सूची टुङ्गो लाग्नेछ। तर, क्षेत्रीय रुपमा सिफारिस भएका नामहरू पार्टीका लामो समयदेखि समर्पित कार्यकर्ता भएकाले उनीहरूलाई प्राथमिकतामा राखिने अपेक्षा गरिएको छ।

आगामी निर्वाचन नजिकिँदै गर्दा कांग्रेस कार्यकर्तामा उत्साह र चलहल वाढेको छ। सिफारिसमा परेका नेताहरूले चुनावलाई अवसरका रूपमा लिएर संगठनमा ऊर्जा भर्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्ने स्थानीय कार्यकर्ताहरूको धारणा रहेको छ। पार्टीले क्षेत्रीय संयन्त्र सक्रिय गर्दै मतदाता तथा समर्थकहरूसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने तयारी पनि अघि बढाएको छ।

नेपाली कांग्रेस सिरहा क्षेत्र नम्बर १ ले पठाएको सिफारिस सूची अब प्रदेश समिति हुँदै केन्द्रीय समितिमा पुग्नेछ। केन्द्रबाट अन्तिम निर्णय भएपछि प्रतिनिधीसभा समानुपातिक सूचीमा को-को पर्ने भन्ने स्पष्ट हुनेछ। तर, अहिलेको सिफारिसले स्थानीय राजनीतिमा उत्सुकता बढाएको छ र चुनावी माहोल क्रमशः तात्दै गएको देखिन्छ।

प्रतिक्रिया दिनुहोस

घरमा लुकाएर राखिएको ...

लहान, साउन २०। सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–५ महेशवारी टोलमा एक युवकले घरभित्र कटुवा पे ...

सिरहामा कटुवा पेस्तो ...

रहमुल, लहान, २० साउन । सिरहा जिल्लामा नेपाल प्रहरीले कटुवा पेस्तोल सहित केही युवाहरूलाई पक्राउ गरेपछ ...

बाल विकास र स्तनपानक ...

रंजित चौरसिया,वीरगंज २० साउन। विश्व स्तनपान सप्ताह–२०२६ को अवसरमा नेशनल मेडिकल कलेज एण्ड टिचिङ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१