Siraha Times
ताजा समाचार

जितिया पर्व बिशेष मेला कमिटी गठन प्रक्रिया सम्पन्न

  • भदौ १५, २०७९
  • १३०२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

सम्भु चौधरी भदाै १५ । नेपालकै कठोर व्रतको रूपमा जितिया पर्व रहेको पाइन्छ । नेपालको मिथिला क्षेत्र ,उत्तर प्रदेश र पूर्वी भारतमा आदर र श्रद्धापूर्वक यो व्रत मनाइन्छ । यो पर्वमा आमाले पुत्रको आरोग्य र समृद्धिको लागि व्रत वस्ने र पूजा गर्ने परम्परा रहेको छ ।नेपालमा बसोवास गर्ने मूलतः मधेशी र थारु समुदायका महिलाहरुले मनाउने प्रमुख पर्वकाे रहेको जितिया पर्व ३ दिनसम्म मनाइन्छ । यो पर्व भाद्र शुक्ल चतुर्दशीदेखि आश्विन शुक्ल नवमीसम्म मनाइन्छ । सन्तानको दीर्घायुका लागि महिलाहरुले वस्ने व्रतको रूपमा चिनिने जितिया पर्व तराईका जिल्लाहरूमा मनाइन्छ । यो पर्व नवलपरासी देखि झापा, भारत र विश्वको विभिन्न ठाउँमा समेत मनाइने गरिन्छ । सबै दिदीबहिनी भेला भई बर्त बस्नु अघिल्लो राति १२ बजे अगाबै माछाको विभिन्न परिकार सहित मिठो परिकार खाएर डटकट (दर ) खाने गरिन्छ । डटकम खाइ सके पश्चात पानी समेत पिउन नमिल्ने अगुवाहरूले बताउछन् । राति डटकर खाइसके पश्चात रातिदेखि नै रमाइलो गर्दै नाचगान गर्ने गरिन्छ । बर्त बस्ने दिन बिहान खोला, नदि, तलाउमा नुहाउने चलन रहेको छ । बर्त बस्ने दिन विहान पाच जना कन्याले धानको गावा उखेल्ने चलन रहेको छ । नुहाएर थारु पहिरनमा सजिएर गाउ, टोलका सबै दिदीबहिनी मिलेर गाउभरि नाच्दै निश्चित मापदण्ड बनाएर पैसा लिने चलन छ । दिनभरी पानी समेत नखाई नाचगान गर्दै मनाइने यो पर्व साथीत्व, मेलमिलाप गर्ने पर्ब पनि हो । वर्त बस्नुअघि रात्रिको समयमा दही, च्यूरा, मिठाइलगायतका सामग्री भोजनको रुपमा ग्रहण गरिन्छ । त्यसलाई ‘ओङ्गठन’ भनिएको हो । ओङ्गठनको समयमा परिवारका सम्पूर्ण सदस्यले भोजन गर्ने चलन पनि रहेको छ ।

तिथिको समयमा हेरफेर भएको अवस्थामा वर्तालुलाई ३६ घण्टासम्म उपवासमा बस्नुपर्ने हुन्छ । उपवासको अवधिमा थुक पनि निल्न नहुने मान्यता छ । सप्तमी तिथिमा जलाशयमा स्नान गरी सूर्यदेवलाई जल अर्पन गरेर पर्वको सङ्कल्प लिने गरिन्छ र सोही दिन वर्तालु महिलाले कोदोको रोटी र माछा खाने गरिन्छ, भने विधवाले अरुवा–अरुवाइन खाने गर्छन् । यसअघि, वर्तालुले नजिकैको पोखरीमा स्नान गरी घिरौंलाको पातमा पीना र तेल राखेर जिमुतवाहन देउतालाई अर्पन गर्छन् ।यस सम्बन्धमा भविष्य पुराणमा अराध्यदेव महादेवसमक्ष पार्वतीले यस्तो कुन वर्त वा तपस्या गर्दा सन्तानको अकाल मृत्यु हुदैन् भनि राख्नुभएको जिज्ञासामा महादेवले जिर्मूतवाहनको नियम निष्ठाका साथ वर्त बसेको खण्डमा सन्तानको अकाल मृत्यु नहुने भनी बताए । भविष्यपुराणमा वर्णन गरिएअनुसार, कनकावती नगरको मध्यभागस्थित नर्मदा नदीको डिलमा एक पाकरीको रुख थियो । सो रुखको फेदमा स्यालनी र हाँगामा चिल बस्थे । दुइटैकोबीच घनिष्ट मित्रता थियो । एक दिन जितिया पर्व मनाउने वर्तालु नर्मदा नदीमा स्नान गरी सोही रुखमुनि बसेर जितिया पर्वको कथावाचन गरेका थिए ।पर्वको महत्वको सम्बन्धमा सुनेर स्यालनी र चीलले जितिया पर्व मनाउनका लागि उपवासमा बस्ने निर्णय गरे । सोही रात नर्मदा नदीको डिलमा एक व्यापारीको छोराको दाहसंस्कार गरियो । मृतकको आफन्त शवको अधिकांश भाग जलेपछि, घर फर्के ।

स्यालनीलाई मृतकको मासु खाने इच्छा भयो । चीललाई थाहै नदिइ स्यालनीले मासु खाए र केही लुकाएर पनि राखे । यी घटना चीलले हेरिरहेको थियो । स्यालनी र चीलको मृत्यु भएपछि दुबैको भाष्कर नामक ब्राह्मणको घरमा कन्याको रुपमा जन्म भयो । चिलको शीलावती र स्यालनीको कर्पुरावतीको रुपमा जन्मभयो ।जेठी शीलावतीको धनवानको घरमा र कर्पुरावतीको राजपरिवारमा विवाह भयो । जेठी शीलावतीलाई सात छोरा भयो तर, कान्छी कर्पुरावतीलाई छोरा भए पनि क्रमिक रुपमा मृत्युवरण गर्दै गयो ।सोही कारणले कर्पुरावतीको जेठी शीलावतीसँग सम्बन्ध चिसिँदै गयो । केही समयपछि, जेठी शीलावतीले पूर्वजन्मको घटना कर्पुरावतीलाई सुनाउँदै वर्त भङ्ग गरेको कारणले छोरा जीवित नरहेको जानकारी गराइन् । सोही कारणले यो पर्व मनाउने बाचुञ्जेलसम्म पर्व खण्डित नहुने गरी नियमनिष्ठाका साथ मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस

​सडक मर्मतको माग गर् ...

​जेठ २९, उदयपुर । ​चुहाडे–जलजले सडक खण्डमा दैनिक रूपमा सञ्चालन हुँदै आएका टिप्परहरूलाई स्थानीय ...

दुई ढुंगाबीचको तरुल ...

​विनोद अविरल पश्चिम नवलपरासी, जेठ २९ । ​"नेपाल र भारत दुई ढुंगा हुन् भने हामी सुस्ताबासी त्यसको बीचम ...

पति हिंसा, गरिबी र अ ...

रहमुल, लहान, २९ जेठ । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३ सरहानचियाकी देवकुमारी यादवको जीवनक ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१