Siraha Times
ताजा समाचार

एनआरएनए कतारको कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित

  • साउन १७, २०८२
  • १३३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

शियाराम यादव-२अगस्त २०२५ गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् कतारको ११औं राष्ट्रिय अधिवेशनमा शियाराम यादव कार्यसमिति सदस्य पदमा निर्विरोध निर्वाचित हुनुभएको छ। अधिवेशन ३१ जुलाई २०२५ मा सम्पन्न भएको हो।अधिवेशन निर्वाचन समितिका संयोजक कमलमणि गुरागाईँको संयोजनमा सम्पन्न भएको यस अधिवेशनमा निर्विरोध निर्वाचित भएका यादवलाई एनआरएनए कतारतर्फबाट प्रमाण–पत्र प्रदान गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।

पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पुर्‍याएपछि रोजगारीको सिलसिलामा कतार आउनुभएका यादव सामाजिक संघ–संस्थामा निरन्तर सक्रिय रहँदै आएका छन्। कतार आगमनपछि नेपाली समाज कतारमा प्रेस संयोजकको जिम्मेवारी सम्हाल्दै उल्लेखनीय सेवा र योगदान पुर्‍याउँदै आएका उहाँलाई, सोही संस्थाले योग्य सक्रियता र समर्पणको उच्च मूल्याङ्कन गर्दै एनआरएनए, राष्ट्रिय समन्वय परिषद् कतारमा उम्मेदवारीका लागि सिफारिस गरेको थियो।निर्वाचित भएपछि शियाराम यादवले आफ्नो यात्रामा विशेष साथ र सहयोग पुर्‍याएको नेपाली समाज कतारप्रति हृदयदेखि आभार व्यक्त गर्दै, आगामी दिनमा प्रवासी नेपाली समुदायको हित, अधिकार र सम्मानका लागि अझ समर्पित भई काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस

जलवायु परिवर्तनविरुद ...

रहमुल, सिरहा, २४ भदौ । जलवायु परिवर्तनका कारण कृषि क्षेत्रमा बढ्दै गएको चुनौती तथा हानिकारक कृषि अभ् ...

बोदे बर्साईनमा जेन–ज ...

उमेश कुमार साह सप्तरी भदौ २४ । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा ...

कटहरियामा जेन–जी शही ...

रामअधार यादव, रौतहट, भदौ २४ गते । जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूको स्मरण तथा सम ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१