खानेपानीको निहुँमा निपनियामा महिला कुटपिट, पीडित ममता मुखिया न्यायको खोजीमा

  • साउन १६, २०८२
  • ९०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, साउन १६ । सिरहा जिल्लाको गोलबजार नगरपालिका वडा न.५, निपनिया मलहटोलीमा खानेपानी जस्तो अत्यावश्यक विषयलाई लिएर एक निसाहाय महिलामाथि दुर्व्यवहार भएको छ। स्थानीय ममता मुखिया नामकी महिलालाई सोही स्थानका कपिल साह र उनका छोरा दुबै मिलेर सार्वजनिकरूपमा कुटपिट गरेका छन्।

पीडित ममता मुखिया अनुसार केही दिनदेखि तराई मधेशमा पानी नपरेर यहाका किशानहरुको वेहाल भएको सर्वविदितै छन जसका कारण प्राय जसोको घरमा चापाकल,इनार ,पोखरी सुकिरहेको अवस्थामा पिउने पानीको लागी हाहाकार भईरहेको र स्वाभाविक पनी हो प्रत्येकको घरमा खानेपानीको समस्या छन। यही समस्याका कारण उनी उनी घर छेउमे खेतमा पानी लगाईंरहेको स्थानीय कपिल साहको मोटरमा पानी लिन पुगेकी थिइन्। तर, त्यही बेलामा कपिल साह र छोरा शत्रुधन शाहले आपत्ति जनाउँदै उनलाई पानी लिनबाट रोक्दै दुर्व्यवहार सुरु गरेका थिए। ममता मुखियाले प्रतिकार गर्दा उल्टै कपिल साह र उनका छोराले हातपात गरेको पीडित पक्षको आरोप छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार घटना बिहान करिब ६ बजे तिर भएको हो। कुटपिटपछि ममता मुखिया रुँदै–कराउँदै घर फर्किन बाध्य भएकी थिइन्। घटना यति भयावह थियो कि उनलाई टाउको र खुमा चोट लागेको छ। ममता मुखियाले यसबारेमा जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएकी छिन्। प्रहरीले प्रारम्भिक अनुसन्धान सुरु गरेको जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार पीडित पक्षको उजुरीको आधारमा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइने छ।

सघर्ष समितिका केन्द्रीय सदस्य मंजू सदाका अनुसार यस्ता किसिमको घटनालाई रोकथाम गरिएन भने आउने दिनमा छिमेकी देश भारतको बिहार भन्दा पनी बढ़ी घटनाहरु घटीन्छ सघर्ष समितिका केन्द्रीय सदस्य मंजू सदाले घटनाको निन्दा गरेका छन्। यस्तो घटनाले समाजमा गलत सन्देश दिने भन्दै दोषीमाथि कानुनी कारबाही हुनुपर्ने माग गरेका छन्। “पानी त दुश्मनलाई पनि दिनुपर्छ भन्ने परम्परा छ तर यहाँ पानीकै नाममा महिला कुटपिट गरिएको छ, यो अत्यन्त निन्दनीय हो,” सघर्ष समितिका केन्द्रीय सदस्य मंजू सदाले बताए।

यता, ममता मुखिया भने अझै आत्तिएको अवस्थामा छिन्। “पानी लिन जाँदा यस्तो दु:ख भोग्नु पर्छ भन्ने सोचेकी थिइनँ। अब म न्याय नपाए कहाँ जाने?” उनले रुँदै भनिन्। यो घटनाले गाउँघरमा महिलामाथि भइरहेका हिंसात्मक कार्यहरू र सामाजिक विभेदलाई पुनः उजागर गरेको छ। महिलाको असुरक्षा र घरेलु हिंसाका घटनालाई लिएर स्थायी समाधान खोज्न स्थानीय तहदेखि लिएर सुरक्षा निकायसम्म गम्भीर हुनु आवश्यक देखिएको छ।

प्रतिक्रिया दिनुहोस

वीरगन्जमा एमालेको शक ...

रंजित चौरसिया,वीरगंज २३ माघ । नेकपा एमाले वीरगन्ज महानगर कमिटीको आयोजनामा केन्द्रिय उपमहासचिव तथा यु ...

सिरहा नपा–१७ मा जेष् ...

नरेशचन्द्र बरबरिया सिरहा माघ २३  । सिरहा नगरपालिका–१७ मा जेष्ठ नागरिक, एकल महिला, अपाङ्गत ...

नेशनल मेडिकल कलेज र ...

रंजित चौरसिया,वीरगंज २३ माघ। नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल र मानवसेवा आश्रम, वीरगञ्जबीच स्वास ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१