ओम प्रकाश यादव लहान साउन २३ । Plan International नेपालको सहयोगमा दलित जनकल्याण युवा क्लब, लहानको आयोजनामा "सबल बालिका, सबल समुदाय (SaBaSS)" अन्तर्गत सञ्चालित Sponsorship Communication Project (प्रत्याभूत संचार परियोजना) को प्रारम्भिक चरणको कार्यशाला गोष्ठी सिरहामा सम्पन्न भएको छ। जिल्ला समन्वय समिति (जिसस) सिरहाका प्रमुख दिनेश महतोको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यशालामा अर्नमा गाउँपालिकाका प्रमुख अशोक कुमार यादव,जिल्ला सवन्री समितीकआ उपप्रमुख दिलिप लामा,शोभा यादव,सहायक जिल्ला अधिकारी चेतराज बराल,स्वास्थ शाखा सिरहाका प्रमुख प्रेम दास,जिल्ला शिक्षा प्रमुख, कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र माहासेठ, गोविन्द विस्ट, उमेश कुमार विसुन्के, विनोद कुमार विसुन्के , विरेन्द्र कुमार महरा, श्याम कुमारी महरा,कविर रेग्मी, देव कुमारी महरा, सन्जय अग्रवाल सहित विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो।
गोष्ठीको उद्देश्य परियोजनाको उद्देश्य, कार्यक्षेत्र र आगामी गतिविधिबारे सरोकारवालाहरूलाई जानकारी गराउनु तथा समन्वय, सहकार्य र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्नु रहेको आयोजक संस्थाले जनाएको छ। कार्यक्रममा प्रमुख अतिथि महतोले समुदायमा बालबालिकाको अधिकार, बालिकाको सशक्तीकरण र समावेशी विकासको लागि यस्तो परियोजना महत्वपूर्ण हुने उल्लेख गर्दै यस अभियानमा सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताए। दलित जनकल्याण युवा क्लबका अध्यक्षले कार्यक्रममा स्वागत मन्तव्य दिँदै परियोजनाको प्रमुख लक्ष्य बालबालिकाको समग्र विकास, बालिकाहरूको आत्मविश्वास वृद्धि र शिक्षा, स्वास्थ्य, सुरक्षा तथा सहभागिता सुनिश्चित गर्नु रहेको जानकारी गराए।
उनले Plan International प्रति आभार व्यक्त गर्दै कार्यक्रमलाई सफल बनाउन स्थानीय तह, विद्यालय, अभिभावक र समुदायको सक्रिय सहभागिता आवश्यक हुने धारणा व्यक्त गरे। कार्यक्रममा बोल्दै महतोले यसमा कुनै पक्षपात भएको छैन कानुन सम्वत नै भएको हो जब यश संस्थाले काम गर्छु भन्दै सिरहा जिल्ला सवन्री समितिको कार्यालयमा आउनु भयो त्यो कुरा मलाइ अझै पनि सम्झना छदैछ उहाहरुले कार्यक्रम गर्छु भन्दा हामिले नै अनुमती दिएका थियौ जुन सिरहा जिल्ला भरिकै पालिकाको लागि सहमती भए पनि अर्नमा नै रोज्नु भनेको त्यहा कुनै संघ सन्स्थाको पहुच। जब अनुमती दिएसकेके पछि पनि उहाहरुले अनुगमन गर्नु भयो र अनुगमन पछि उनिहरूले आफै अर्नामा रोजेको हुन ।
कार्यशालामा Plan International का प्रतिनिधिले परियोजनाको अवधारणा, मुख्य घटकहरू, लक्षित समुदाय र सञ्चालन प्रक्रिया प्रस्तुत गरे। सहभागीहरूबाट परियोजनालाई स्थानीय आवश्यकता अनुसार अनुकूल बनाउने सुझावहरू पनि प्रस्तुत गरिएको थियो। गोष्ठीमा स्थानीय जनप्रतिनिधि, विद्यालय व्यवस्थापन समिति, बाल क्लबका प्रतिनिधि, महिला समूह, पत्रकार तथा नागरिक समाजका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अन्त्यमा सहभागीतामूलक छलफल सत्र मार्फत सामुदायिक सहभागिता र सहकार्यलाई अझ सुदृढ बनाउने प्रतिबद्धता समेत व्यक्त गरिएको थियो।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic