रहमुल लहान १७ साउन । सिरहाको लहान नगरपालिकामा सञ्चालित संरक्षण परियोजना मार्फत वाडा न.१५ वेतहामा प्रथम कोदो दिवस भव्यरुपमा मनाएका छन। लहान नगरपालिका, केयर नेपाल, राष्ट्रिय कृषक समूह महासंघ, राष्ट्रिय सामुदायिक वन महासंघ र जर्सी ओभरसिजको संयुक्त साझेदारी र सहकार्यमा संरक्षण परियोजना लहान नगरपालिकामा सञ्चालनमा आएको हो।

दिवसको अवसरमा आयोजकले कोदो कुटने मेसिन, मकै रोप्ने मेसिन, पिठो पिसने मेसिन, चामल कुटने मेसिन हस्तान्तरण गरि ७३ जना कृषकलाई जीविकोपार्जण तथा आयआर्जन बढाउन प्रति ब्यक्ति रु. ३५०००/- दरले नगद वितरण समेत गरिएको छ । साथै उक्त क्षेत्रमा भुक्षय रोक्न वायो ईन्जिनियरिङ कार्य समेत भैरहेको आयोजक संस्थाले जनाएका छन।

लहान नगरपालिका बाहेक सिरहाको धनगढीमाई न.पा., सखुवानन्कारकट्टी, भगवानपुर र लक्ष्मीपुर गाउँपालिकाहरुमा पनि केयर नेपालको सहयोगमा राष्ट्रिय कृषक समूह महासंघले कृषि क्षेत्रमा ठूलो योगदान गरेको अनेकौ उदाहरण प्रष्ट देख्न सकिन्छ ।



प्रतिक्रिया दिनुहोस
लहान १५ मा ४० लाखको लागतमा निर्मित वडा कार्यालय भवन उद्घाटन, १० महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल वितरण
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved