जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेशकाे प्रेस विज्ञप्ति

  • साउन २३, २०८२
  • १३६६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान साउन २३ । जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेश अन्तर्गतका आठ वटै जिल्लाका जिल्ला समन्वय प्रमुखहरूको दुईदिने बैठक बर्दिवास, महोत्तरीमा सम्पन्न भएको छ। मिति २०८२ साल साउन २२ र २३ गते सम्पन्न उक्त बैठकले संविधान र प्रचलित कानुनअनुसारको समन्वय, अनुगमन र जिम्मेवारीबारे महत्वपूर्ण निर्णयहरू गरेको छ।

बैठकले नेपालको संविधानको धारा २२०, स्थानीय सरकार सञ्चालन ऐन, २०७४, संघ, प्रदेश र स्थानीय तह (समन्वय तथा अन्तरसम्बन्ध) ऐन २०७७ लगायतका कानुनले तोकेको मापदण्ड अनुसार जिल्लामा रहेका संघीय तथा प्रदेश सरकारका कार्यालय, पालिका, निजी क्षेत्र तथा गैर सरकारी संस्थाबीच प्रभावकारी समन्वय गर्ने दायित्व जिल्ला समन्वय समितिहरूले निर्वाह गर्दै आएको स्पष्ट पारेको छ। बैठकमा सहभागी प्रमुखहरूले सार्वजनिक खर्चको मितव्ययिता, आर्थिक सुशासन, र रुपान्तरणमुखी विकास कार्यक्रममार्फत मात्र प्रदेशको दिगो विकास सम्भव हुने धारणा व्यक्त गरेका थिए। उनीहरूले सरकारी निकाय, जनप्रतिनिधि, नागरिक समाज, सञ्चार माध्यम र आम उपभोक्ताबीचको साझा उत्तरदायित्वबोध आवश्यक रहेकोमा जोड दिएका थिए।

बैठकमा पछिल्लो समय प्रदेशका विभिन्न स्थानमा प्रतिस्पर्धा नगरी उपभोक्ता समिति मार्फत आयोजना सम्पन्न गराउने, प्रविधिमैत्री वा जटिल आयोजना पनि प्रविधि अभाव भएका समितिमार्फत कार्यान्वयन गराउनेजस्ता विकृत अभ्यासहरू बढ्दो क्रममा रहेको गम्भीर चासोका साथ उल्लेख गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुखहरूले कानुनले तोकेको दायित्व र जवाफदेहिता अनुसार कार्य नगरेमा राज्यको सम्पत्ति दुरुपयोग तथा अनियमितता हुन सक्ने जोखिम औँल्याउँदै यस्ता अभ्यास तुरुन्त बन्द गर्न सम्बन्धित सबै निकाय र सरोकारवालालाई आग्रह गरेका छन्।

बैठकले चेतावनी दिँदै भन्यो, “कानूनअनुसारको प्रक्रियाबिना आयोजना कार्यान्वयन भएमा अनुगमनका क्रममा देखिएका कैफियतबारे सम्बन्धित निकाय र पदाधिकारीहरू स्वयम् जवाफदेही बन्नुपर्नेछ।” यस अवसरमा जिल्ला समन्वय समितिहरूले विकास कार्यक्रमको गुणस्तर सुनिश्चित गर्न प्राविधिक ज्ञान, पारदर्शिता र स्थानीय सहभागितालाई अभिन्न अंग बनाउँदै लैजानुपर्ने आवश्यकता पनि औंल्याएका थिए। जिल्ला समन्वय समिति महासंघ मधेस प्रदेशले यो बैठकबाट विकासका नाममा हुने विकृति र विसङ्गति अन्त्य गर्दै सुशासनयुक्त, पारदर्शी र जनमुखी कार्यप्रणालीतर्फ प्रदेशलाई उन्मुख गराउन सबैलाई आ-आफ्नो स्थानबाट भूमिका निर्वाह गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस

प्रहरी हवलदार शान्ता ...

कपिलवस्तु, मंसिर १६ । जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रागनी कुमार ...

लहानमा लागुऔषध (हिरो ...

ओम प्रकाश यादव लहान मंसिर १६ । सिरहाको जिल्लाको लहानबाट गए राति करिब ८:४० बजे प्रहरी चौकी लहानबाट खट ...

औषधी ऐन २०३५ को दफा ...

लहान मंसिर १६ । औषधि क्षेत्रका सरोकारवालाहरूले औषधी ऐन २०३५ को दफा ११ उपदफा ५ खारेज गर्नुपर्ने ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१