Siraha Times
ताजा समाचार

बलान विहुल युवा सञ्जालको प्रथम वार्षिकोत्सवमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न

  • साउन २२, २०८२
  • ८२६ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव, लहान, साउन २१। सप्तरीको बलान विहुल गाउँपालिका–१, मल्हनियाँमा बलान विहुल युवा सञ्जालले आफ्नो प्रथम वार्षिकोत्सवको अवसरमा रक्तदान तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ। सामाजिक उत्तरदायित्व र सामुदायिक सेवामा अग्रसर रहँदै आयोजित कार्यक्रममा २५ जनाले रक्तदान गरेका छन्।

No description available.

कार्यक्रममा समाजका विभिन्न क्षेत्रका विशिष्ट व्यक्तिहरूलाई प्रशंसा पत्रसहित सम्मान गरिएको छ। सम्मानित व्यक्तिहरूमध्ये वडा नं. १ का जेष्ठ नागरिक, वर्तमान जनप्रतिनिधि, एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी, सञ्जाल सदस्यका अभिभावक, अपांगता भएका व्यक्ति, कलाकार, सुरक्षाकर्मी, पत्रकार, स्वास्थ्यकर्मी, रक्तदान टोलीलगायतको सहभागिता रहेको थियो। विशेष रूपमा एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थी श्याम सुन्दर मण्डल, सृष्टि कुमारी चौधरी र ज्योती कुमारी मण्डल लाई सम्मान गरिएको थियो।

No description available.

कार्यक्रम बलान विहुल युवा सञ्जालका अध्यक्ष मुकेश कुमार रामको अध्यक्षतामा सम्पन्न भएको थियो भने बलान विहुल गाउँपालिका वडा नं. १ का वडा अध्यक्ष राम कुमार यादव प्रमुख अतिथि थिए। कार्यक्रममा कार्यपालिका सदस्य संजीव कुमार शर्मा विशिष्ट अतिथिका रूपमा उपस्थित रहे। कार्यक्रमको सञ्चालन सरोज कुमार चौधरीले गरेका थिए भने युवा नेता देव नारायण चौधरीले अतिथिहरूलाई स्वागत गरेका थिए।

No description available.

अन्य सहभागीहरूमा बलान बिहुल गाउँपालिकाका कार्यपालिका सदस्य सन्तोष कुमार साह, नेपाली कांग्रेसका नेता दुर्गा प्रसाद शर्मा, लहान नगरपालिका पडरिया थारूटोल विद्यालयका प्र.अ. मनोज कुमार यादव, सामाजिक अभियन्ता पवन शर्मा, युवा नेता जितेन्द्र यादव, अशोक यादव, नाथु चौधरी, रामेश्वर यादव, स्वास्थ्य संयोजक मो. खालिद, सञ्जालका सल्लाहकार दुर्गा प्रसाद यादव लगायतको उपस्थिति रहेको थियो।

No description available.

कार्यक्रम बलान विहुल युवा सञ्जालको आयोजनामा र नेपाल रेडक्रस सोसाइटी लहान शाखाको सहकार्यमा सफलतापूर्वक सम्पन्न भएको हो। स्थानीयस्तरमा युवाहरूको सक्रियता, सामाजिक चेतना र सहयोगको भावना झल्काउने यस कार्यक्रमले सामुदायिक एकता र सेवाको सन्देश प्रवाह गरेको सहभागीहरूको भनाइ थियो।

प्रतिक्रिया दिनुहोस

पूर्वआईजीपीको ‘आशीर् ...

रंजित चौरसिया, वीरगंज २८ भदौ । नेपाल भारत सिमावर्ती क्षेत्र बारा जिल्लाको सिम्रौनगढ नाकाबाट प्रहरी प ...

वक्तालाई बोल्ने समय ...

रहमुल, सिरहा, २८ भदौ । विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनका लागि सुझ ...

राष्ट्रिय बाल दिवसको ...

ओम प्रकाश यादव, सप्तरी भदौ २८ । राष्ट्रिय बाल दिवस–२०८३ को अवसरमा सप्तरीको खडक नगरपालिकामा प्र ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१