लेखक :- केशर विश्वकर्मा
काम विशेष विभिन्न समय विभिन्न सवारीको प्रयोग गरि यात्रा गर्नुपर्ने हुदछ, यसरी यात्रा गर्दै गर्दा साईडमा बस्दा खराब ब्याक्ती परेको खण्डमा हैरानी खेप्नु पर्दछ जसले गर्दा विशेष सतर्कता अपनाउन जरुरी छ । केही दिन अगाडी मेरो अनुभव त्यस्तै भयो जसले गर्दा यात्रा गर्दा होसियार अपनाउनु जरुरी छ । म पश्चिम् यात्रामा थिए रातभरी यात्रा गर्नु पर्ने भएको कारण बिहानै महाकाली यातायात को एक जना कर्मचारीलाई फोन गरे गाडीवालाको नम्बर प्राप्त भयो जुन भैरहवा बाट महेन्द्रनगर जाने गाडी थियो र मैले कल गरे महेन्द्रनगर जानू छ सिट रोक्नको लागि कल गरेको भने उ बिहानै खाता खुल्न लागे जस्तै गरि खुसी हुँदै तपाईंको सेवा कसरी गरौं कुन सिट राखौ उसको बोलिमा लाग्थ्यो यात्रुको हाकार नै छ, मैले अगाडी को सजिलो सिट राखिदिनुहोस भन्दै यात्रा लामो छ अर्को ब्याक्ती राख्दा याद गर्नुहोस मादक पदार्थ सेवन गर्ने पर्ला भन्न नपाउदै ढुक्क हुनुस सजिलो यात्रा हुन्छ भनेर खुसी हुँदै हौसियो मैले फोन राखे ।
म चन्द्रौटाबाट बस चढ्नु पर्ने थियो रातको 9 बजे बस आइपुग्छ भनेर साढे १० बजे सम्म कुराएर बल्ल बस आयो तपाईको सेवा राम्रो लाग्यो भने पछि अगाडीको दात पुरै देखाएर मुसुक्क हास्यो म गाडी चडे । गाडीमा प्राय यात्रुहरू कोइ निदाई सकेका थिए कोई मोबाईलमा ब्यस्त थिए म अल्लमल्ल भए अगाडीको सिटहरु सबै भरिएका छन मैले गाडीवालालाई बिहानको कुरा सम्झाए,आँखा तन्काउदै आयो तपाईं त नजिकै झर्ने हो उठ्नु पर्यो भन्दै 3 नम्बर सिट को मान्छेलाई उठायो बिचरा ज्यान मरक्क तन्काउदै बलकरै उठेर क्याबिन तिर लागे म बसे अर्को सिटमा एकजना वृद्ध बुवा हुनुहुन्थ्यो खुसी लाग्यो तर म बस्दै गर्दा बुवा घुर्दै हुनुहुन्थ्यो आजको यात्रा बुवाको घुराई सुनेर जाने भो भन्दै गाडीमा बसे गाडी अगाडी बढ्याे ।
म बसेको अगाडी सिटमा दुई जना बसेका थिए प्राय अगाडी को सिटमा सबैको आँखा केन्द्रित पहिले देखि नै भएको रहेछ, कारण एक जना मादक पदार्थ पिएर बसेको रहेछ अर्को सिटमा १४/१५ बर्सकी किशोरी थिईन, ती किशोरीलाई अत्यान्त असहज भएको रहेछ तर बोलिदिने कोइ रहेनछ केही आमा दिदी बैनिहरुलाई समेत चित्त नबुजेको तर नबोल्नु भएको रहेछ, एकछिन पछि ती नानी सिट नै छोडेर उभिईन टाढाको बाटो उभिएर जान सम्भव थिएन मैले सोधे के भयो बैनी उनी चुप मात्र रहिन, सायद उनिलाई केही पिडा भएर बोल्न नसकेको भन्ने अनुमान गर्न सकिन्थ्यो मैले त्यो ब्याक्तिलाई अलि सजिलो सङ्ग बस्नुस त्यो नानिलाई गाह्रो भयो मात्र के भनेको थिए बल्ल अरु आमा दिदी बैनिहरु बोल्नु भयो सायद उहाँहरुले आधार पाएको महसुस गर्नु भयो हैरान भैइन यी नानी अगि देखि सबिले मुख खोले, गाडी कर्मचारी मुख देखाउछ बिकल्प दिन सक्दैन मैले भने आउ यसमा बस म त्यहा बस्छु । सायद ती नानीले सोचेकी पनि थिईनन होला उनी खुसी हुँदै आइन म त्यो सिटमा गए ।
एउटा नानिको दुख लाई मैले साटे दुख म माथी सुरु भयो रक्सिको गन्ध, गाडीको दौडमा जताततै फ्याकिएको भुस्तिग्ग्रे ज्यानले हैरान भए, कहिले के भन्छ कहिले के भन्छ म चुप लागिरहे भालुवाङ हुँदै लमै सम्म प्रहरी हेरे कहि देखिएन गाडी अगाडी बढि रह्यो मैले भने तपाईंलाई अप्ठ्यारो लाग्दैन यात्रा गर्दा यो बेबहारले अरुलाई असर पर्छ भन्ने लाग्दैन भन्दै गर्दा उसले अनेकौ कुराहरु बोल्यो मैले उ सङ्ग बोल्दिन भन्दा पनि बोल्नु नै पर्ने हुन्थ्यो कोहलपुर पुगियो प्रहरी त्यहा पनि थिएन एकछिन बस रोकियो उ हल्लिदै झर्यो सायद फेरि उ होटेल तिर गयो फेरि पियो होला, मलाई कस्ले के गर्न सक्छ, भनेर बर्बराउन थाल्यो सबै हैरानी थिए मैले गाडीवाला सङ्ग कुरा गरे कोहलपुरमा पछाडि सिट खाली भयो एक जना अगाडी बोलार उसलाई त्यहाँ पठाउन लगाए उ औला उठाउदै म दादा हो महेन्द्रनगर पुगेपछि बिहान था हुन्छ म को हो चिनाउछु धम्क्याउदै र लर्बरिदै गयो सबै जना आनन्दित महसुस गरे तर उ बोल्न छोडेन ।
बिहान पख अत्तेरिया आईपुगे पछि उ क्याभिन तिर आयो र फेरि उस्तै धम्किपुर्ण भाषा बोल्न थाल्यो उसको नजरमा म अलि दोषी भए होला उसले मोबाइल निकालेर फोन गर्यो केटाहरु बसपार्क आइज ८/१० जना एक जनालाई ठिक पार्नु पर्यो त्यो निकै डन बनी राछ, आज सिद्धाई दिनु पर्छ" उस्को यो तुच्छ धम्किले केही असहज बनायो मूर्ख देखि दैब डराउनु भने झै नयाँ ठाउ म अलि सतर्कता भए, उ अझ बढी बोल्दै छ, मैले जिल्ला प्रहरी कार्यलय कंचनपुरका डि.एस.पि लाई कल गरेर सबै कुरा बताए र उहाले तत्काल बसपार्कमा रहेको युनिटलाई खबर गर्ने बताउनु भयो यसै क्रममा बस बसपार्क भित्र छिर्यो बस रोकेको ठाउमा प्रहरी नभएको कारण बसवलाले एक्छिन यहि बस्नु भने पछि म केही छिन बसे उ बस रोक्न साथ हतार हतार ओर्लियो मलाई लाग्यो उ उसले बोलाको मान्छे हरु सङ्ग भेटघाट गर्न लाग्यो, केही बेरमै बस खोज्दै प्रहरी आयो म ओर्लिए केही छिन मै हामिले पुरै बसपार्क खोजी गरियो केही मिनेटको अन्तर मै त्यो डन कतै भेटिएन, सब तिर हेरियो सायद उ झर्न साथ बसपार्क पछाडी बाट कतै भाग्यो मनमा खेलिरह्यो त्यसका हरेक शब्दको सजाय दिने चाहाना मनमा अधुरो रह्यो, एका तिर धेरै खुसी लाग्यो त्यो नानिले कमसेकम रातभरी आनन्दित भैइन यस्ता अनावश्यक हैरानी हुन बाट सचेत हौ प्यासेन्जर राख्दा ख्याल गरौ नत्र यात्रा अत्यान्तै कष्टकर र सचेत यात्रुलाई अनावश्यक हैरानी हुन पुग्दछ ।
केशर बिशकर्मा
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2024 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic