Siraha Times
ताजा समाचार

सिरहामा “सदाचार शिक्षा एवं सचेतनामूलक” कार्यक्रम सम्पन्न

  • जेठ १, २०८३
  • ५६७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेष्ठ १ । राष्ट्रिय सतर्कता केन्द्र को आयोजनामा “सदाचार शिक्षा एवं सचेतनामूलक” कार्यक्रम बिहीबार सिरहामा सम्पन्न भएको छ। कार्यक्रम जिल्ला समन्वय समिति सिरहाको सभा हलमा आयोजना गरिएको थियो।

कार्यक्रममा दिनेश महतो को प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा जिल्लाका सत्रवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालयका प्रमुख तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको उद्देश्य सार्वजनिक सेवा प्रवाहमा पारदर्शिता, जवाफदेहिता र सुशासन प्रवर्द्धन गर्नुका साथै सरकारी निकायहरूमा सदाचार र नैतिक आचरणको विकास गराउनु रहेको आयोजकले जनाएको छ। कार्यक्रममा वक्ताहरूले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहमा इमान्दारिता, कर्मचारी तथा जनप्रतिनिधिको जिम्मेवारी र नागरिकप्रति उत्तरदायित्वका विषयमा धारणा राखेका थिए।

सहभागीहरूले सार्वजनिक निकायहरूमा सुशासन कायम गर्न सदाचार शिक्षा अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तहमा पारदर्शी कार्यशैली अपनाउनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा विभिन्न उदाहरण तथा प्रस्तुतीमार्फत भ्रष्टाचार न्यूनीकरण र नैतिक मूल्यको संरक्षणबारे जानकारी प्रदान गरिएको थियो।

प्रमुख अतिथि दिनेश महतो ले स्थानीय तहमा सुशासन कायम गर्न जनप्रतिनिधि र कर्मचारी दुवैले जिम्मेवार भएर काम गर्नुपर्ने बताउनुभयो। उहाँले सेवा प्रवाहलाई नागरिकमैत्री, पारदर्शी र प्रभावकारी बनाउन यस्ता सचेतनामूलक कार्यक्रमले सकारात्मक भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा सहभागी जनप्रतिनिधि तथा कर्मचारीहरूले आफ्नो कार्यक्षेत्रमा सदाचार, अनुशासन र पारदर्शितालाई थप प्रभावकारी रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए।

प्रतिक्रिया दिनुहोस

अदालतको ताकेता हुँदा ...

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छ ...

अपूर्ण भिडियो वा एकप ...

रंजित चौरसिया,वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आ ...

स्वास्थ्य प्रवर्द्धन ...

रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्‍या ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१