Siraha Times
ताजा समाचार

भक्ति र विकासको सङ्गम: पुरानो बजार चैनपुरमा हनुमान मन्दिर ठड्याउँदै वडा अध्यक्ष योञ्जन

  • जेठ १, २०८३
  • ३२५ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल ,​सिराहा, १ जेठ । समयको अन्तरालसँगै जीर्ण बन्दै गएको सिराहाको ऐतिहासिक ‘चैनपुर बजार’ स्थित हनुमान मन्दिरले अहिले नयाँ जीवन पाउन थालेको छ । वर्षौँदेखि ओझेलमा परेको र भग्नावशेषमा परिणत हुन लागेको यो आस्थाको केन्द्रलाई पुनर्जीवित गराउन धनगढीमाई नगरपालिका–९ का वडा अध्यक्ष प्रकाश योञ्जनले विशेष सक्रियता देखाउनुभएको हो ।

भौतिक पूर्वाधारको विकासमा आफ्नो वडालाई सधैँ अगाडि राख्ने वडा अध्यक्ष योञ्जनको पहिचान केवल सडक र भवन निर्माणमा मात्र सीमित छैन । धार्मिक र बौद्धिक विचारका धनी योञ्जनले चैनपुरको ऐतिहासिक हनुमान मन्दिरको निर्माण कार्यलाई तीव्रता दिएपछि स्थानीय श्रद्धालुहरूमा खुसी र भरोसाको सञ्चार भएको छ । ​

विकासको अर्थ केवल कंक्रिटका संरचना मात्र होइन, बरु पुर्खाको विरासत र सांस्कृतिक पहिचानको संरक्षण पनि हो भन्ने मान्यता योञ्जनले राख्नुहुन्छ । "मन्दिर केवल ढुङ्गा र माटोको संरचना होइन, यो हाम्रो सभ्यता र आस्थाको प्रतिबिम्ब हो," भन्ने भावका साथ उहाँ अहिले आफैँ निर्माण कार्यको अनुगमन र व्यवस्थापनमा खटिनुभएको छ । ​ जीर्ण अवस्थामा पुगेको मन्दिरले काँचुली फेर्न थालेपछि चैनपुरका स्थानीय बासिन्दाहरूले उहाँको यो कदमको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

भौतिक विकाससँगै आध्यात्मिक चेतना र सांस्कृतिक मूल्य मान्यतालाई पनि सँगै लैजानुपर्छ भन्ने उहाँको सोचले समाजमा एक सकारात्मक सन्देश दिएको छ । ​एक कुशल जनप्रतिधिले चाहेमा विकास र धर्म–संस्कृतिलाई कसरी समन्वय गरेर अगाडि बढाउन सकिन्छ भन्ने कुराको उदाहरण प्रकाश योञ्जनले दिनुभएको छ ।

चैनपुरको हनुमान मन्दिरको पुनर्निर्माणले केवल मन्दिर मात्र ठड्याएको छैन, यसले समाजको हराउँदै गएको सांस्कृतिक गर्वलाई पनि पुनः स्थापना गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

अदालतको ताकेता हुँदा ...

रन्जित चौरसिया वीरगंज २३ असार । बारा जिल्लाको कलैया उपमहानरपालिका वडा नं. २३ निवासी धर्मराज महतोको छ ...

अपूर्ण भिडियो वा एकप ...

रंजित चौरसिया,वीरगंज २२ असार । सामाजिक सञ्जाल तथा विभिन्न सञ्चार माध्यमहरुमा निमित्त प्रमुख चिन्तन आ ...

स्वास्थ्य प्रवर्द्धन ...

रहमुल, लहान, २१ असार। स्वास्थ्यसम्बन्धी सूचना नागरिकसम्म सही, तथ्यपरक र प्रभावकारी रूपमा पुर्‍या ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१