ताजा समाचार

भक्ति र विकासको सङ्गम: पुरानो बजार चैनपुरमा हनुमान मन्दिर ठड्याउँदै वडा अध्यक्ष योञ्जन

  • जेठ १, २०८३
  • ४०९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद अविरल ,​सिराहा, १ जेठ । समयको अन्तरालसँगै जीर्ण बन्दै गएको सिराहाको ऐतिहासिक ‘चैनपुर बजार’ स्थित हनुमान मन्दिरले अहिले नयाँ जीवन पाउन थालेको छ । वर्षौँदेखि ओझेलमा परेको र भग्नावशेषमा परिणत हुन लागेको यो आस्थाको केन्द्रलाई पुनर्जीवित गराउन धनगढीमाई नगरपालिका–९ का वडा अध्यक्ष प्रकाश योञ्जनले विशेष सक्रियता देखाउनुभएको हो ।

भौतिक पूर्वाधारको विकासमा आफ्नो वडालाई सधैँ अगाडि राख्ने वडा अध्यक्ष योञ्जनको पहिचान केवल सडक र भवन निर्माणमा मात्र सीमित छैन । धार्मिक र बौद्धिक विचारका धनी योञ्जनले चैनपुरको ऐतिहासिक हनुमान मन्दिरको निर्माण कार्यलाई तीव्रता दिएपछि स्थानीय श्रद्धालुहरूमा खुसी र भरोसाको सञ्चार भएको छ । ​

विकासको अर्थ केवल कंक्रिटका संरचना मात्र होइन, बरु पुर्खाको विरासत र सांस्कृतिक पहिचानको संरक्षण पनि हो भन्ने मान्यता योञ्जनले राख्नुहुन्छ । "मन्दिर केवल ढुङ्गा र माटोको संरचना होइन, यो हाम्रो सभ्यता र आस्थाको प्रतिबिम्ब हो," भन्ने भावका साथ उहाँ अहिले आफैँ निर्माण कार्यको अनुगमन र व्यवस्थापनमा खटिनुभएको छ । ​ जीर्ण अवस्थामा पुगेको मन्दिरले काँचुली फेर्न थालेपछि चैनपुरका स्थानीय बासिन्दाहरूले उहाँको यो कदमको मुक्तकण्ठले प्रशंसा गरेका छन् ।

भौतिक विकाससँगै आध्यात्मिक चेतना र सांस्कृतिक मूल्य मान्यतालाई पनि सँगै लैजानुपर्छ भन्ने उहाँको सोचले समाजमा एक सकारात्मक सन्देश दिएको छ । ​एक कुशल जनप्रतिधिले चाहेमा विकास र धर्म–संस्कृतिलाई कसरी समन्वय गरेर अगाडि बढाउन सकिन्छ भन्ने कुराको उदाहरण प्रकाश योञ्जनले दिनुभएको छ ।

चैनपुरको हनुमान मन्दिरको पुनर्निर्माणले केवल मन्दिर मात्र ठड्याएको छैन, यसले समाजको हराउँदै गएको सांस्कृतिक गर्वलाई पनि पुनः स्थापना गर्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस

गोपाल सेवा सदन लहानद ...

ओम प्रकाश यादव, लहान, कार्तिक ७ । विजया दशमी, शुभ दीपावली तथा छठ पर्वको शुभोपलक्ष्यमा गोपाल सेवा सदन ...

नरहा १ मा जसपा नेपाल ...

ओम प्रकाश यादव लहान कार्तिक ७ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सिरहाको नरहा गाउँपालिका वडा नं. ...

सहिद पार्कको सरसफाइम ...

लहान, असोज ५ । सहिद पार्क चुनावको बेला मात्रै सम्झिने कि सधैँ संरक्षण गर्ने? लहान–१ स्थित तरका ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤