Siraha Times
ताजा समाचार

अर्नमा गाउँपालिका–३ मा १५ लाख लागतमा धर्मशाला सामुदायिक भवन निर्माण सुरु

  • जेठ १, २०८३
  • ४८० पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान ०१ जेष्ठ । सिरहाको अर्नमा गाउँपालिका वडा नं. ३ मा स्थानीय सरकारको पहलमा १५ लाख रुपैयाँको लागतमा धर्मशाला (सामुदायिक भवन) निर्माण कार्य सुरु गरिएको छ। गाउँपालिकाले विकास निर्माणका कामलाई तीव्रता दिँदै आएको अवस्थामा यो परियोजनालाई पनि स्थानीयवासीले सकारात्मक रूपमा लिएका छन्।

गाउँपालिका अध्यक्ष अशोक कुमार यादवको नेतृत्वमा पालिकामा एकपछि अर्को विकास निर्माणका काम अगाडि बढिरहेको भन्दै स्थानीयहरूले प्रशंसा गरेका छन्। अन्य स्थानहरूमा विकास निर्माणका योजना सुरु हुनासाथ विभिन्न अवरोध सिर्जना हुने प्रवृत्ति देखिए पनि अर्नमा गाउँपालिकामा भने स्थानीयवासीहरू विकासका काममा सहकार्य र समर्थन गर्दै अघि बढिरहेको उदाहरण प्रस्तुत भएको बताइएको छ।

निर्माण हुन लागेको धर्मशालाले सामाजिक तथा सामुदायिक गतिविधिलाई व्यवस्थित बनाउनुका साथै विभिन्न सामाजिक, सांस्कृतिक तथा पारिवारिक कार्यक्रम सञ्चालन गर्न सहज वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ। गाउँपालिकाका अनुसार समाजमा बेला–बेलामा उत्पन्न हुने असहज परिस्थितिलाई सहज र व्यवस्थापन गर्न मद्दत पुग्ने उद्देश्यले सामुदायिक भवन निर्माण थालिएको हो।

उक्त भवन निर्माण कार्यको शुभारम्भ आज विधिवत रूपमा भूमि पूजन गरी गरिएको थियो। भूमि पूजन कार्यक्रममा गाउँपालिका अध्यक्ष अशोक कुमार यादव, उपाध्यक्ष शोभा साह, जनप्रतिनिधिहरू तथा स्थानीयवासीहरूको उपस्थिति रहेको थियो।

स्थानीयहरूले पालिकाले बजेटको दुरुपयोग हुन नदिई आवश्यक र जनमुखी योजनामा लगानी गरिरहेको भन्दै गाउँपालिका नेतृत्वलाई धन्यवाद दिएका छन्। उनीहरूले विकास निर्माणका यस्ता कार्यले गाउँपालिकालाई जिल्लाकै उदाहरणीय स्थानीय तहको रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस

प्यारागन पब्लिक स्कु ...

ओम प्रकाश यादव लहान, साउन २८ । विद्यार्थीलाई समयानुकूल, व्यवहारिक तथा गुणस्तरीय शिक्षा प्रदान गर्ने ...

अन्तर्राष्ट्रिय युवा ...

ओम प्रकाश यादव, लहान, साउन २७ । अन्तर्राष्ट्रिय युवा दिवसको अवसर पारेर लहान नगरपालिका–२४ स्थित ...

कर्जन्हामा “सशक्त न् ...

लहान साउन २६ । नेपाल अपाङ्ग महिला संघ र मुक्ति नेपालको साझेदारी तथा Disability Rights Fund (DRF) को ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१