Siraha Times
ताजा समाचार

न्यून बेरुजु कायम गर्दै सुरुङ्गा नगरपालिका मधेश प्रदेशमै प्रथम

  • जेठ ४, २०८३
  • ८०० पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ ४ । आर्थिक वर्ष २०८१/८२ को महालेखा परीक्षकको प्रतिवेदनअनुसार सप्तरीको सुरुङ्गा नगरपालिका मधेश प्रदेशका सबै नगरपालिकामध्ये सबैभन्दा कम बेरुजु कायम गर्ने नगरपालिका बनेको छ। नगरपालिकाले मात्र ०.४६ प्रतिशत बेरुजु कायम गर्दै प्रदेशभरि प्रथम स्थान हासिल गरेको हो।

महालेखा परीक्षकको प्रतिवेदन सार्वजनिक भएसँगै नगरपालिकाले यस उपलब्धिलाई पारदर्शिता, आर्थिक अनुशासन तथा सुशासनको महत्वपूर्ण उदाहरणका रूपमा लिएको जनाएको छ। नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने सम्पूर्ण सरोकारवालाको सहकार्य, इमान्दारिता र जिम्मेवारीबोधका कारण यस्तो उपलब्धि हासिल भएको नगरपालिकाको भनाइ छ।

नगरपालिकाले सार्वजनिक गरेको धन्यवाद सन्देशमा भनिएको छ, “आर्थिक अनुशासन, पारदर्शिता र उत्तरदायित्व कायम गर्न हामी निरन्तर प्रतिबद्ध छौं। यो सफलता सम्पूर्ण नगरवासी, जनप्रतिनिधि, कर्मचारी, उपभोक्ता समिति, नागरिक समाज, सञ्चारकर्मी तथा सहयोगी संस्थाहरूको सामूहिक प्रयासको परिणाम हो।”

नगर प्रमुखले आगामी दिनमा पनि विकास निर्माणका कार्यलाई अझ प्रभावकारी, पारदर्शी र जनमुखी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन्। नगरपालिकाले बेरुजु न्यूनीकरणलाई केवल अंकमा सीमित नराखी सुशासन र उत्तरदायी प्रशासनको आधारका रूपमा अगाडि बढाउने जनाएको छ।

स्थानीयवासीहरूले पनि सुरुङ्गा नगरपालिकाले हासिल गरेको यो उपलब्धिले अन्य स्थानीय तहलाई समेत आर्थिक अनुशासन र पारदर्शितातर्फ प्रेरित गर्ने विश्वास व्यक्त गरेका छन्। मधेश प्रदेशमै न्यून बेरुजु कायम गर्दै प्रथम स्थान हासिल गर्नु नगरपालिकाका लागि गौरवको विषय भएको नगरवासीहरूको भनाइ छ।

प्रतिक्रिया दिनुहोस

गाई तस्करी रोक्न खोज ...

लहान भदौ ९ । सिरहाको भगवानपुर गाउँपालिका–१ स्थित बलान खोला हुँदै भारततर्फ गाई ओसारपसार भइरहेको ...

लहानमा जसपा नेपालको ...

लहान, भदौ ७ । जनता समाजवादी पार्टी, नेपाल (जसपा) को लहान नगरस्तरीय भेला आइतबार लहानमा सम्पन्न भएको छ ...

नेपाल प्रेस युनियन स ...

रहमुल, लहान ७ भदौ । नेपाल प्रेस युनियन सिरहा शाखाको आठौँ जिल्ला अधिवेशनले पत्रकार शम्भुकुमार यादवको ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१