ताजा समाचार

धमनी थान मन्दिरको शिलान्यास, कुम्राहामा धार्मिक तथा पर्यटन विकासको नयाँ आधार

  • जेठ १, २०८३
  • ८५३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान, जेठ १ । सिराहा जिल्लाको धनगढीमाई नगरपालिका–१३ कुम्राहा स्थित ऐतिहासिक तथा धार्मिक महत्व बोकेको धमनी थान मन्दिरको औपचारिक शिलान्यास कार्यक्रम बिहीबार सम्पन्न भएको छ। स्थानीयवासी, बुद्धिजीवी तथा सामाजिक अभियन्ताहरूको उपस्थितिमा दिउँसो १ बजे मन्दिरको संयुक्त रूपमा शिलान्यास गरिएको हो।

कार्यक्रममा शैक्षिक तथा बौद्धिक व्यक्तित्व पाण्डव हमाल प्रमुख रूपमा सहभागी भएका थिए। लामो समयदेखि शिक्षा, सामाजिक सेवा तथा जनचेतनामूलक अभियानमा सक्रिय हमालले समाज रूपान्तरणका विभिन्न कार्यमा योगदान दिँदै आएका छन्। स्थानीयवासीले पनि उहाँको सहभागिताले धार्मिक स्थल निर्माण अभियानलाई थप ऊर्जा मिलेको बताएका छन्।

धमनी थानको शिलान्याससँगै उक्त क्षेत्र धार्मिक पर्यटनको नयाँ गन्तव्यका रूपमा विकास हुने अपेक्षा गरिएको छ। स्थानीयको विश्वास अनुसार यो स्थान प्राचीन धार्मिक आस्थासँग जोडिएको क्षेत्र भएकाले भविष्यमा आन्तरिक तथा बाह्य पर्यटक आकर्षित गर्न सक्ने सम्भावना रहेको छ।

मन्दिर निर्माण अभियानको प्रारम्भ विनोद मण्डल ले गरेका हुन्। उनले स्थानीय समुदायको सहकार्यमा मन्दिर निर्माणको अवधारणा अघि बढाएको बताउँदै सम्पूर्ण निर्माण कार्य जनश्रमदान तथा चन्दा संकलनमार्फत सम्पन्न गरिने जानकारी दिए।

अभियन्ता मण्डलका अनुसार मन्दिर निर्माणले धार्मिक आस्था संरक्षणसँगै स्थानीय स्तरमा आर्थिक तथा सामाजिक गतिविधि बढाउन समेत सहयोग पुग्नेछ। “यो केवल मन्दिर निर्माणको काम मात्र होइन, गाउँको पहिचान र पर्यटन प्रवर्द्धनसँग जोडिएको अभियान हो,” उनले भने।

शिलान्यास कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी, युवाहरू तथा सर्वसाधारणको  उपस्थिति रहेको थियो। सहभागीहरूले धार्मिक सम्पदाको संरक्षण र विकासका लागि सबैले मिलेर सहकार्य गर्नुपर्नेमा जोड दिएका थिए।

प्रतिक्रिया दिनुहोस

सडक नाटकमार्फत लहान– ...

ओम प्रकाश यादव लहान, असोज १३ । लहान नगरपालिकाको वडा नं. ४ मा ‘घर–घरको शान, स्वच्छता अभिय ...

जसपा नेपाल सिरहामा ६ ...

ओम प्रकाश यादव लहान असोज १३ । जनता समाजवादी पार्टी, नेपाल जिल्ला समिति सिरहाको समायोजन तथा विस्तारित ...

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤