"यो दुनियाँ एउटा "रंगमञ्च" मात्र हो !"

  • कार्तिक २१, २०८१
  • ११९७ पटक पढिएको
  • सिरहा टाइम्स
alt

यो दुनियाँ एउटा "रंगमञ्च" मात्र हो,

यहाँ सबैथोक काल्पनिक मात्र छ,

जे हुँदैछ सब "नाटक" मात्र हो, र,

हामी सबै त्यसका पात्र मात्र हौं ।।

"नौटंकी र चटक" मा प्रयोग गरिएका हामी,

अथाह भव-सागरमा डुबुल्की लगाउँदै,

काल्पनिक आत्मरतिमा रमाएका छौँ,

अमुर्त विषयवस्तुका पछाडि कुदिरहेका छौँ ।।

जे सत्य छ, त्यसलाई अंगाल्न सकिरहेका छैनौं,

"प्रेम" लाई वासना र भोकमा बदलेका छौँ,

त्याग, समर्पण र बलिदानलाई कायरता ठानेका छौँ,

भौतिकतावादलाई नै मोक्ष र मुक्तिको साधन ठानेका छौँ ।।

चरम स्वार्थ र अनैतिकतालाई पुरुषार्थ ठानेका हामी,

मानवता र परोपकार लाई शब्दकोष बाटै फालेका छौँ,

रिस-राग-द्वेष ले ग्रस्त हामी अहंकारको लपेटमा मस्त छौँ,

प्राप्ति र मात्रै प्राप्ति हाम्रो एकमात्र उद्देश्य बनाएका छौँ ।।

आत्मा मरेको छ, परमात्मा खोजेर बसेका छौँ, प्रेम मरेको छ,

भगवान खोजेर बसेका छौँ,

भक्ति-भाव लाई तिलाञ्जली दिएका हामी,

राक्षसी प्रवृत्ति हावी भएको,

मानवबाट दानव बनेका छौं ।।

त्यसैले हेक्का राखौं,

यो दुनियाँ एउटा "रंगमञ्च" मात्र हो,

यहाँ सबैथोक काल्पनिक मात्र छ,

जे हुँदैछ सब "नाटक" मात्र हो,

र, हामी सबै त्यसका पात्र मात्र हौं ।।

भावनात्मक रचना,

डा. मनोज कुमार झा

(डा. मनोज मुक्ति "विवेक")

२०८१/०७/२१ गते, बुधबार शुभम ।।

प्रतिक्रिया दिनुहोस

१३ औं राष्ट्रिय पुस् ...

ओम प्रकाश यादव लहान माघ ९ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा सिरहाको आयोजनामा १ ...

जिल्ला ट्राफिक प्रहर ...

ओम प्रकाश यादव लहान,माघ ९ । जिल्ला ट्राफिक प्रहरी कार्यालय लहान सिरहामा दरबन्दी भई कार्यरत प्रहरी नि ...

लहानमा ट्राफिक सचेतन ...

लहान, माघ ८। “सडक दुर्घटना विरुद्ध युवा अभियान २०८२” कार्यक्रम अन्तर्गत हिजो माघ ०७ गते ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१