ताजा समाचार

"यो दुनियाँ एउटा "रंगमञ्च" मात्र हो !"

  • कार्तिक २१, २०८१
  • १४३१ पटक पढिएको
  • सिरहा टाइम्स
alt

यो दुनियाँ एउटा "रंगमञ्च" मात्र हो,

यहाँ सबैथोक काल्पनिक मात्र छ,

जे हुँदैछ सब "नाटक" मात्र हो, र,

हामी सबै त्यसका पात्र मात्र हौं ।।

"नौटंकी र चटक" मा प्रयोग गरिएका हामी,

अथाह भव-सागरमा डुबुल्की लगाउँदै,

काल्पनिक आत्मरतिमा रमाएका छौँ,

अमुर्त विषयवस्तुका पछाडि कुदिरहेका छौँ ।।

जे सत्य छ, त्यसलाई अंगाल्न सकिरहेका छैनौं,

"प्रेम" लाई वासना र भोकमा बदलेका छौँ,

त्याग, समर्पण र बलिदानलाई कायरता ठानेका छौँ,

भौतिकतावादलाई नै मोक्ष र मुक्तिको साधन ठानेका छौँ ।।

चरम स्वार्थ र अनैतिकतालाई पुरुषार्थ ठानेका हामी,

मानवता र परोपकार लाई शब्दकोष बाटै फालेका छौँ,

रिस-राग-द्वेष ले ग्रस्त हामी अहंकारको लपेटमा मस्त छौँ,

प्राप्ति र मात्रै प्राप्ति हाम्रो एकमात्र उद्देश्य बनाएका छौँ ।।

आत्मा मरेको छ, परमात्मा खोजेर बसेका छौँ, प्रेम मरेको छ,

भगवान खोजेर बसेका छौँ,

भक्ति-भाव लाई तिलाञ्जली दिएका हामी,

राक्षसी प्रवृत्ति हावी भएको,

मानवबाट दानव बनेका छौं ।।

त्यसैले हेक्का राखौं,

यो दुनियाँ एउटा "रंगमञ्च" मात्र हो,

यहाँ सबैथोक काल्पनिक मात्र छ,

जे हुँदैछ सब "नाटक" मात्र हो,

र, हामी सबै त्यसका पात्र मात्र हौं ।।

भावनात्मक रचना,

डा. मनोज कुमार झा

(डा. मनोज मुक्ति "विवेक")

२०८१/०७/२१ गते, बुधबार शुभम ।।

प्रतिक्रिया दिनुहोस

लहान–१३ घलेटोलमा ‘घर ...

ओम प्रकाश यादव, लहान, असोज १२ । लहान नगरपालिका–१३ घलेटोलमा ‘घर–घरको शान, स्वच्छता ...

सुखीपुरमा रोकिएको सा ...

लहान १२ असोज । सिरहाको सुखीपुर नगरपालिकामा विगत करिब ६ महिनादेखि सामाजिक सुरक्षा भत्ता वितरणमा भइरहे ...

भोटेकोशी बाढीमा बेपत ...

ओम प्रकाश यादव लहान, असोज १२ । रसुवाको भोटेकोशी क्षेत्रमा आएको बाढीका क्रममा बेपत्ता भएका सखुवानन्का ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤