ताजा समाचार

ठाडी भन्सार कार्यालयको भौतिक संरचना निर्माण कार्य कछुवा गतिमा क्वारेन्टाइन निर्माण आवश्यक

  • फागुन २०, २०८०
  • १५५९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

रहमुल लहान २० फाल्गुन । सिरहा जिल्लाको सिमावर्ती दसगज्जा भगवानपुर गाउँपालिका ४ मा रहेको ठाडी भन्सार कार्यालयको निर्माण कार्य कछुवा गतिमा रहेको देखिन्छ। मुख्य भन्सार कागजमा सिमित रहेको अबस्था छ भन्सार असुली न्युन देखिएको छ र क्वारेन्टाइन बिना काम गर्न निकै समस्या भैरहेको कार्यालयको कर्मचारीहरुको ब्यापक गुनासो रहेको समेत देखिन्छ। भन्सारको भवनहरु "घ" बर्गको निर्माण ब्यबसायीको जिम्मामा छ जबकी उक्त कार्य "क" बर्गको निर्माण कम्पनी बाट हुनु पर्ने हो तर त्यसो हुन सकेन आखिर किन? यसरी भन्सारको स्तर उन्नति हुन अझै धेरै बर्ष लाग्ने स्थानीयहरु बताउँछन। 

यस बर्ष क्वारेन्टाइन निर्माणको लागी सिरहामा बजेट पनि बिनियोजन समेत भएको बुझिएको छ तर कुन ठाउँमा क्वारेन्टाइन निर्माण हुदैछ यसका लागी जनप्रतिनिधिहरुको चासो देखिदैन जबकी सिरहा निर्वाचन क्षेत्र १ बाट संघीय सांसद २ र प्रदेश सांसद ३ जना गरी ५ जना छन तर पनि सबका सब चुपचाप छन किन? यो आम नागरिकको सवाल हो। मुख्य भन्सार निर्माण पश्चात हजारौको संख्यामा रोजगारी सृजना हुने यस ठाउँ प्रति न त स्थानीय न त प्रदेश न त संघीय सरकारको चासो छ। यस प्रति तिनै तहको सरकारको ध्यानाकर्षण होस भनी स्थानीय बेरोजगार युवाहरुको जोडदार माग रहेको छ।

उहिले देखि अहिले सम्म ठाडीको अबस्था जस्ताको त्यस्तै हुनुमा दोषी को त? बजारको स्तर उन्नति हुन सकेन। बस स्टेन्ड बन्न सकेन। लहान देखि ठाडी सम्म सडक संजाल राम्रो हुन सकेन किन? यावत अनेकन सवाल यस क्षेत्रका जन्ताको रहेको छ समाधान गर्ने कसले हो? सरदर १५० भन्दा बढि रक्सी पसल अबैध रुपमा बिदेशी नागरिक बाट संचालनमा छन। बाँकीको धेरै पसल सरकारी जग्गामा अबैध रुपमा संचालमा छन त्यो पनि अधिकान्श बिदेशी नागरिक बाट अनि त्यको निगरानी गर्ने कसले हो? यी यावत समस्याको समाधान प्रति निकायको ध्यान जान जरुरी छ। ठाडीलाई बजारमा परिणत गरी यस क्षेत्रलाई बिकास गर्न जरुरी छ।

प्रतिक्रिया दिनुहोस

नरहाको राजनीतिमा स्व ...

लहान, कार्तिक १ । सिरहाको नरहा गाउँपालिकाको राजनीतिमा आगामी स्थानीय निर्वाचनलाई लिएर सम्भावित नेतृत ...

तीन महिनादेखि सञ्चाल ...

ओम प्रकाश यादव लहान, कार्तिक १ । घर–घरको शान, स्वच्छता अभियानअन्तर्गत विगत तीन महिनादेखि गाउँ& ...

नरहा गाउँपालिकामा कि ...

ओम प्रकाश यादव, लहान असोज ३० । सिरहाको नरहा गाउँपालिकामा किशोरीहरूको अधिकार संरक्षण, सशक्तीकरण तथा उ ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१

➤