Siraha Times
ताजा समाचार

अमित ठकुरीको प्रमूख आथित्यमा विद्यार्थीलाई सामग्री वितरण

  • चैत ३, २०७९
  • ११५२ पटक पढिएको
  • सिरहा टाइम्स
alt

विनोद मण्डल चैत्र २ । सिरहाको धनगढीमाई १४ मा रहेको मदन भण्डारी माबिका बिधार्थीहरुलाई एक कार्यक्रमका बीच शैक्षिक सामग्री वितरण गरिएको छ ।धनगढीमाई १४ मा रहेको मदन भण्डारी माबिकाे सभाहलमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तोप बहादुर राईकाे अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमूख अथिति वडा प्रमूख अमित ठकुरी ,अतिथिहरु योग बहादुर राउत (सुबास) , राजेन्द्र मगर, धर्मेन्द्र शर्मा, राम गणेश यादव , भगवान शर्मा रिता राई लगायत विद्यालयका शिक्षक, अभिभावक र विद्यार्थी समेतको उपस्थितिमा मधेश प्रदेश सरकार , सामाजिक विकास मन्त्रालय शिक्षा विकास निर्देशनालय जनकपुर धामबाट " कक्षा ९ का बिधार्थीहरुलाई जोमेत्रिबक्स सहितको झोला वितरण कार्यक्रम" अन्तर्गत यस विद्यालयलाई जिल्ला सम्वनय इकाई सिरहाबाट प्राप्त ६१ थान ब्याग तथा जोमेत्रीबक्स अर्थात् शैक्षिक सामग्री विधार्थीहरुलाई औपचारिक कार्यक्रमका बीच वडा अध्यक्ष अमित ठकुरीले वितरण गर्नु भएको हो । 

आयोजित कार्यक्रममा सामग्री वितरण गर्दै वडा प्रमूख ठकुरीले " भौगोलिक रूपमा विकट मानिएको धनगढीमाई १४ मा विकाशको लहर आएसँगै बिजुली, सडक,खानेपानी , मठ मन्दिर, पूल, र विगतमा अल्झिएका विकास निर्माणका कामहरु अघि बढिरहेको "संक्षिप्त कुराकानीमा बताउनु भएको कारण ।बिहिबार करिब २ बजेको समयमा मदन भण्डारी मा.वि.सर्रे अम्बासमा भएको कार्यक्रममा शैक्षिक सामग्री वडा अध्यक्ष अमित ठकुरीको हातबाट ग्रहण गर्न पाएकोमा आफूहरु खुशी भएको विधार्थीहरुले प्रतिक्रिया दिएका छन ।कार्यक्रमको सान्दर्भिकता सहित सहभागी सबैलाई विद्यालयका तर्फबाट प्रधानाध्यापक रेखा कुमारी राईले आफ्ना भनाई राख्दै स्वागत गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

जन्माष्टमीको अवसरमा ...

शियाराम यादव ,भदौ-२०  । श्रीकृष्ण जन्माष्टमीको पावन अवसर पारेर यादव सेवा समाज दोहा, कतारको नयाँ ...

लहान १५ मा ‘घर–घरको ...

ओम प्रकाश यादव लहान, भदौ २० । लहान नगरपालिकाले सञ्चालन गर्दै आएको ‘घर–घरको शान, स्वच्छता ...

रसुवा बाढीमा खडकका ९ ...

ओम प्रकाश यादव लहान, भदौ १९ । रसुवामा आएको विनाशकारी बाढीमा आफ्ना नागरिक गुमाएको पीडामा रहेको सप्तरी ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१