लोसपाको मधेस प्रदेश सदस्य तथा पूर्व राज्यमन्त्री डिम्पलकुमारी झाको निधन

  • बैशाख ११, २०७९
  • २७९ पटक पढिएको
  • आशिक हुसैन शेख
alt

जनकपुरधाम-

लोकतान्त्रिक समाजवादी पार्टीको मधेस प्रदेश सदस्य तथा पूर्व भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पल कुमारी झाको निधन भएको छ। 

४३ वर्षीया झा लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिइन्। डिम्पल झा लोसपा नेता तथा प्रतिनिधि सभा सदस्य अनिलकुमार झा कि पत्नीसमेत हुन्।

 

आज बिहान साढे ४ बजे काठमाडौंको रानीबारीस्थित आफ्नै निवासमा निधन भएको लोसपा नेता राजिव झाले जानकारी दिए। 

२०७५ सालमा मा तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट मशेस प्रदेशको भौतिक पूर्वाधार विकास राज्यमन्त्री भएकी उनलाई जसपामा विवाद चुलिँदा एक वर्ष अघि मुख्यमन्त्री लालबाबु राउतले बर्खास्त गरेका थिए। 

 

आफ्नो कार्यकालमा उनले मन्त्री जितेन्द्र सोनलबाट असन्तुष्ट हुँदै राजिनामा समेत दिएकी थिइन् । पछि फेरि फिर्ता लिएकी थिइन्। 

 

रौतहटको दुर्गा भगवती गाउँपालिका मतसरी घर भएकी झा संघीय सद्भावना पार्टीबाट २०६४ पहिलो संविधान सदस्य बनेकी थिइन् । उनी समानुपतिक कोटाबाट संविधानसभा सदस्य बनेकी थिइन्।

 

झा को पार्थिव शरीरलाई रौतहटको मसहरीमा अन्तिम श्रद्धाञ्जलीका लागि लैजाने तयारी परिवारका सदस्यले गरेका छन्। उनका एक छोरा छन्। साभारः

 

प्रतिक्रिया दिनुहोस

रमेश महतो स्मृति बिध ...

महेश सिंह सिरहा लहान १९ असार - सिरहाको नवराजपुर गाउँपालिका ३ फुलवरीयामा रहेको सहिद रमेश महतो स्मृति ...

लहानका मेयर चौधरीद्व ...

महेश सिंह सिरहा लहान १९ असार - लहान ३ स्थित रहेको कामना नर्सिङ होममा भर्ना रहेका सयौं बिरामीहरुलाई ल ...

जनप्रतिनिधिको पुर्वा ...

सप्तरी  १९ असार /जनप्रतिनिधिको पुर्वाग्राही मनसायले गर्दा बोदे बर्साइन नगरपालिकाको खडकपुरम ...