मेयरको डिजाईनमा तोड्फोड र अभद्र व्यवहार गरेको यातायात ब्यवसायीको आरोप

  • भदौ १३, २०७८
  • ६४३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

महेश सिंह सिरहा लहान १३ श्रावण - लहान १३, भदौ ।यातायात मजदुरहरुले सिरहाको लहानमा बिहिवार देखि चरणबद्व रूपमा निरन्तर आन्दोलनमा उत्रिएका छन् । लहान नगरपालिका लगायत सो नगरपालिकाका नगर प्रहरी र लहान ट्राफिक प्रहरीविरुद्ध उनिहरुले प्रदर्शन गरिरहेका छन् । बिहिवार प्रहरीहरुले आधिकारिक रुपमा कुनै सूचना नदिई आफुहरुको काउण्टर भित्रबाट लाखौ मुल्य बराबरको सर - समान र कागजातहरु जर्वजस्ती लगेर ज्यादती गरेको यातायात मजदुरको भनाई छ । कानुनी अनुमति पाएका आधिकारिक डाका जस्तो नाटकिय रुपान्तरणमा दिउँसो एकहुलमा आई उक्त समानहरु एक्कासि लुटेर लगेको मजदुरहरुले बताएका छन् । कुनै पनि अफिसको कागज र समानहरु बर्दी लगाएर लग्नु अपराध भएको उनिहरुको ठहर छ ।

Open Photo

लहानका मेयर मुन्नी साह सुडि साबको डिजाईनमा पटक पटक लहानका यातायात ब्यवसायीहरुलाई नगर प्रहरी , ट्राफिक प्रहरीले दु:ख दिने गरेको सगरमाथा बस ब्यवसायी प्रालि लहानले जनाएको छ । प्रालिका सम्पुर्ण पदाधिकारीहरुले शुक्रवार लहान -८ स्थित आफ्नै निजि कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त कुरा जनाएको हो ।

Open Photo

सिरहा जिल्लाको लहान नगरका प्रमुख सुडी ज्यु एउटा यस्तो मेयर हो जो जबरजस्ती निर्णय गराएर एकलौटी तवरले शासन लाद्ने गरेको उनिहरुको बुझाई छ । मेयर ज्युको अगाडि लहानको बुद्दिजिवीहरु केही हैन , उनी मात्र लहानमा नमुना पिस ब्यक्ति भएको सामुहिक रुपमा ब्यवसायीहरुले आक्रोश पोखे । मेयर साब धेरै ज्ञानी मान्छे हो , उहाँको अगाडी लहानमा कोई बुद्धिजीवी र पढेलेखेको मान्छे नै छैन्, `व्यंग्यात्मक तरीकाले नाम नखोल्ने शर्तमा एक जना बस ब्यवसायीको भनाई छ । ,

Open Photo

पटक पटक बस पार्कलाई ब्यवस्थित गर्न नगरपालिका र यातायात व्यावसायी बिचमा औपचारिक र अनौपचारिक रुपमा सहमति भएको हो , हामी नगरपालिकाले बसपार्क ब्यबस्थित गर्न तयार छौ , प्रालि लहानका अध्यक्ष हरीनारायण यादवले बताए, तर यात्रुलाई सुबिधा दिने हकमा हामी काउन्टर जहाँ पनि राख्न सक्छौ यो हामी ब्यवसायी र यात्रुको अधिकार भित्र पर्छ भन्दै उनले भने - काउन्टरको भाडा नगरपालिकाले तिर्ने हैन त्यो हामीले तिर्ने हौ त्यो हाम्रो ब्यक्तिगत अफिस जस्तै हो ।,

Open Photo

काठमाडौको कलन्कीमा बसपार्क छ भने काउन्टर कोटेश्वर मा छ यदि बिर्सिनु भको छ भने मेयर साहव र प्रहरीलाई हामी स्मरण गराउन चाहन्छौ, अर्का ब्यवसायी अच्युत काफ्लेले बताए । मागको सुनवाई नभएसम्म लामो तीन सुत्रीय कानुन सम्बत माग राख्दै आन्दोलन चलीरहने उनिहरुले सम्मेलन मार्फत बताएका छन् । जायज मागको सम्बोधन हुनुपर्छ नाजायज माग हामी उठाउदैनौ र राखदैनौ संयुक्त रात्रीकालिन सेवा काउन्टका शम्भुचौधरीले बताए । बसपार्क जहाँ भएपनी हामिलाई मतलब छैन हामी ब्यवस्थित गर्न र नगर पालिकालाई सहयोग गर्न तयार छौं पुनः ब्यवसायीहरुले दोह्र्याए । यात्रुलाई सुविधा दिने बैकल्पिक पार्कहरु ठाउँ ठाउँमा दिएमा मात्र बसपार्क ब्यबस्थित हुने र यात्रुहरुको अधिकार सुरक्षित रहने उनिहरुले तर्क गरेका छन् ।

Open Photo

प्रतिक्रिया दिनुहोस

नेपाल छात्रवृत्ति सम ...

रहमुल लहान १३ बैशाख । सिरहाको सखुवानन्कारकट्टी गाउँपालिकाको सभाहलमा सेभ द चिल्ड्रेनको सहयोगमा र नेपा ...

नेपाल पत्रकार महासंघ ...

बिसुनदेव सरदार लहान, १२ बैशाख । नेपाल पत्रकार महासंघ सिरहाको १४ औं साधारणसभा भव्यताका साथ सम्पन्न भए ...

मधेशमा लगानी गर्न उद ...

लाहान बैशाख ११ । मुख्यमन्त्री सरोजकुमार यादवले मधेश प्रदेशमा लगानी गर्न उद्योगी व्यवसायीहरुलाई आह्वा ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

hit counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१