लहान कार्तिक २१ । मनकारी नगर प्रमुखले पुन: एक मृतक परिवारलाइ राहत सहयोग सिरहा जिल्लाको लहान नगरपालिका वडा न.१ निवासी पतिराम सदाको निधन भएको खबर पाएलगत्तै नगरप्रमुख महेश चौधरीले मृतक परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराएका छन्। स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वका रूपमा काम गर्दै आएका नगरप्रमुख चौधरीले दिवंगत सदाका परिवारलाई १ क्विन्टल चामल, दाल, नुन र तेल हस्तान्तरण गरेका हुन्। साथै, पालिकाको तर्फबाट क्रीयाखर्चका लागि रू. ५,००० उपलब्ध गराउने घोषणा समेत गरेका छन्।
नगरप्रमुख चौधरीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले भने, “नगरपालिकाको दायित्व नागरिकको सुख-दुःखमा साथ दिनु हो। पतिराम सदाजस्ता श्रमिक र इमानदार नागरिकको निधनले हामी सबैलाई दुःखी बनाएको छ।” नगरप्रमुख चौधरीले यसअघि पनि पतिराम सदाको उपचारकालमा सहयोगस्वरूप रु. १५,००० उपलब्ध गराएका थिए। उपचारका क्रममा आर्थिक अभावमा रहेका सदालाई नगरपालिकाको तर्फबाट औषधी पचार खर्चका लागि सहयोग प्रदान गरिएको थियो। तर, उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि अन्ततः उनको निधन भएको हो।
स्थानीयवासीले नगरप्रमुख चौधरीको यो सहयोगी कदमको प्रशंसा गर्दै नगरप्रमुखले समुदायप्रति देखाएको संवेदनशीलता र सामाजिक जिम्मेवारीको भावना उच्च उदाहरण भएको बताएका छन् नगरप्रमुख चौधरीका अनुसार नगरपालिकाले सामाजिक न्याय र सहानुभूतिको भावनासहित विपन्न तथा संकटमा परेका परिवारलाई निरन्तर सहयोग गर्ने नीति लिएको छ। उनले अगाडि थपे, “लहान नगरपालिका कुनै पनि नागरिकको पीडा र दुःखमा निःसंकोच साथ दिन सदैव तत्पर छ।”
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2026 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic