Siraha Times
ताजा समाचार

लहान १ का पतिराम सदाको निधन, नगरप्रमुख चौधरीद्वारा राहत तथा क्रीयाखर्च सहयोग

  • कार्तिक २१, २०८२
  • ६९३ पटक पढिएको
  • सिरहा टाइम्स
alt

लहान कार्तिक २१ । मनकारी नगर प्रमुखले पुन: एक मृतक परिवारलाइ राहत सहयोग सिरहा जिल्लाको लहान नगरपालिका वडा न.१ निवासी पतिराम सदाको निधन भएको खबर पाएलगत्तै नगरप्रमुख महेश चौधरीले मृतक परिवारलाई तत्काल राहत सहयोग उपलब्ध गराएका छन्। स्थानीय स्तरमा सामाजिक उत्तरदायित्वका रूपमा काम गर्दै आएका नगरप्रमुख चौधरीले दिवंगत सदाका परिवारलाई १ क्विन्टल चामल, दाल, नुन र तेल हस्तान्तरण गरेका हुन्। साथै, पालिकाको तर्फबाट क्रीयाखर्चका लागि रू. ५,००० उपलब्ध गराउने घोषणा समेत गरेका छन्।

नगरप्रमुख चौधरीले घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माको शान्तिको कामना र शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले भने, “नगरपालिकाको दायित्व नागरिकको सुख-दुःखमा साथ दिनु हो। पतिराम सदाजस्ता श्रमिक र इमानदार नागरिकको निधनले हामी सबैलाई दुःखी बनाएको छ।” नगरप्रमुख चौधरीले यसअघि पनि पतिराम सदाको उपचारकालमा सहयोगस्वरूप रु. १५,००० उपलब्ध गराएका थिए। उपचारका क्रममा आर्थिक अभावमा रहेका सदालाई नगरपालिकाको तर्फबाट औषधी पचार खर्चका लागि सहयोग प्रदान गरिएको थियो। तर, उपचारपछि स्वास्थ्यमा सुधार नआएपछि अन्ततः उनको निधन भएको हो।

स्थानीयवासीले नगरप्रमुख चौधरीको यो सहयोगी कदमको प्रशंसा गर्दै नगरप्रमुखले समुदायप्रति देखाएको संवेदनशीलता र सामाजिक जिम्मेवारीको भावना उच्च उदाहरण भएको बताएका छन् नगरप्रमुख चौधरीका अनुसार नगरपालिकाले सामाजिक न्याय र सहानुभूतिको भावनासहित विपन्न तथा संकटमा परेका परिवारलाई निरन्तर सहयोग गर्ने नीति लिएको छ। उनले अगाडि थपे, “लहान नगरपालिका कुनै पनि नागरिकको पीडा र दुःखमा निःसंकोच साथ दिन सदैव तत्पर छ।”

प्रतिक्रिया दिनुहोस

विश्व आदिवासी दिवसमा ...

रहमुल, लहान, २८ साउन । विश्व आदिवासी दिवस २०८३ सिरहामा पनि विविध कार्यक्रमका साथ भव्य रूपमा मनाइएको ...

लहानमा खाद्य व्यवस्थ ...

रहमुल, लहान, २८ साउन । ‘खाद्य सुरक्षा, हाम्रो प्रतिबद्धता’ भन्ने मूल नाराका साथ खाद्य व् ...

म नेता बनेर होइन, रा ...

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफू शक्ति प्राप्त गर्न नभई राष्ट्रिय एकता ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१