नरेशचन्द्र बरबरिया सिरहा असोज २६ । माँ काली महिला साना किसानकृषि सहकारी संस्था लि. सिरहा नगरपालिका -१५ सुकचैनाले छैठो वार्षिक साधारण सभा सफलता पुर्वक सम्पन्न गरेको छ । शनिबार सिरहाको माडर स्थित रामा होटलमा एक कार्यक्रम बीच वार्षिक साधारण सभा मनाईएको हो । श्री माँ काली महिला साना किसान कृषि सहकारी संस्था लिमिटेडको छैठों साधारणसभालाईमा ४ करोड ७५ लाख ५४ हजार ९७५ रुपैयाँ लगानी गरिएको छ ।
संस्थाका अध्यक्ष सितादेवी यादवको अध्यक्षतामा सिरहाको माडरमा आयोजित छैठौं साधारणसभामा संस्थाको आयव्यय सार्वजनिक गरिएको छ । आयव्यय अनुसार संस्थाले १३ लाख ३४ हजार मुनाफा गरेको संस्थाका प्रबन्धक कुलदिप कुमार यादवले बताएका छन् । १ सय ६० समूहमा ७ सय ७१ शेयर सदस्यको कूल लगानी ४ करोड ७५ लाख ५४ हजार ९७५ रुपैयाँ रहेको प्रबन्धक यादवले बताएका छन् । संस्थाले अहिले जम्मा ४ करोड ७५ लाख ५४ हजार ९७५ रहेको प्रबन्धक यादवले बताएका छन् ।
यस्तै यस वर्षमा १९ वटा समूह पनि वढेको र ९५ जना शेयर सदस्य पनि थपिएको संस्थाका अध्यक्ष सितादेवी यादवले बताईन् । यस्तै सदस्यबाट बचत र निक्षेप पनि वढेको छ । २ करोड ७७ लाख ३९ हजार २६८ रुपैयाँ बचत गरिएको भन्दै अध्यक्ष यादवले संस्थाले प्रगति गरिरहेको बताएकी छिन् ।
संस्थामा आफूहरुले महिलाको नेतृत्वलाई सबल बनाउन र हरेक समयमा सहयोग गर्न सक्रियतापूर्वक साथ दिदै आएको उनले बताईन् । गंगा कुमारी यादवले संचालन गरेको साधारण सभाको अवसरमा सारस्वरनाथ साना किसान कृषि सहकारी संस्था लि.का प्रबन्धक रामचन्द्र यादव, ब्रज मोहन झबूराम जनता माध्यमिक विद्यालय व्यवस्थापन समितिका काशीन्द्र यादव, अग्रशिल महिला साना किसान कृषि सहकारी संस्था लि.कल्याणपुर-१, अर्नमाकि रेश्मा कुमारि यादव,सफल महिला साना किसान कृषि सहकारी संस्था लि. बेल्हाकि प्रबन्धक निर्मला कुमारी सिंह लगायतका व्यक्तिहरुले शुभकामना मन्त्वय राख्दै संस्थालाई महिलाहरुको सवाल र बचत अभिवृद्धिमा विशेष सचेतना अपनाउन भूमिका खेल्नुपर्ने बताएका छन् ।
सो अवसरमा विभिन्न व्यक्तिलाई सम्मान र पुरस्कृत गरिएको छ । उत्कृष्ट वचतकर्ताको रुपमा निलमदेवी यादव, गिता देवी यादव, निलम यादवलाई विभिन्न सामग्री वितरण गरिएको छ । यस्तै बाल बचत अंतर्गत ६० जनालाई पुरस्कृत गरिएको छ भने ब्रजमोह झब्बुराम जनता माध्यमिक विद्यालयबाट कक्षा १० को परीक्षा (एसईई) उत्कृष्ट विद्यार्थीलाई उपहार प्रदान गरिएको प्रबन्धक यादवले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१
मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१
Copyright © 2016 / 2025 - Sirahatimes.com All rights reserved
Website By : Hash Tech Logic