Siraha Times
ताजा समाचार

जेन्जी आन्दोलनपछि कारागारबाट घर पुगेका दुई युवा पुनः कारागार फर्किए

  • असोज ३, २०८२
  • ७३९ पटक पढिएको
  • सिरहा टाइम्स
alt

ओम प्रकाश यादव लहान, ३ असोज । सिरहाको धनगढीमाई नगरपालिका–२ धनगाडा बस्ने मोहम्मद सलमत राइन र मोहम्मद असफाक राइनले देशको कानुनप्रतिको आस्था देखाउँदै पुनः कारागार फर्किएका छन्। यी दुवै युवा गत २०८२ साल वैशाख २४ गते लागुऔषध मुद्दामा पक्राउ परेर महोत्तरीस्थित जलेश्वर कारागार चलान भएका थिए।

तर भर्खरै सम्पन्न जेन्जी आन्दोलनका क्रममा कारागार प्रशासनले उनीहरूको ज्यान सुरक्षाको आफै गर्नु भनी कारागार बाहिर  पठाएको थियो। आन्दोलनको उग्र रूपलाई मध्यनजर गर्दै कारागार प्रमुखले स्थानीय अगुवासँग अनुरोध गरी उनीहरूलाई अस्थायी रूपमा घर पठाएका थिए। जेनजी आन्दोलन पछि पुन: आफ्ना कैदी बंदिहरुलाई कारागार फिर्ता आउन सूचित गरेका थिए र उक्त सूचनालाई आधारमानी देश र कानूनलाई सम्मान गर्नु आफ्नो नैतिक दायित्व भनी पुन: ती युवाहरूले समाजका अगुवा, आफन्त, सञ्चारकर्मी र स्थानीयको उपस्थितिमा बिहीबार असोज २ गते पुनः स्वेच्छाले कारागार फर्केर उदाहरण प्रस्तुत गरेका छन्। कारागार फर्कनुअघि उनीहरूले देशको कानुनलाई सम्मान गर्नुपर्ने र कानूनको शासन नै सबैभन्दा ठूलो सुरक्षा भएको सन्देश छाडेका थिए।

मोहम्मद सलमत राइनले भने, “आन्दोलनमा प्रत्यक्ष सहभागी हुन सकिएन, तर हामी पनि परिवर्तन चाहन्छौं। कानुनको पालना हामी सबैले गर्नुपर्छ भन्नेमा दृढ छौं।” त्यस्तै, असफाक राइनले आफूहरू जेल जीवनका अनुभवले सजग भएको र बाँकी रहेका सबै कैदी साथीहरूले पनि चाँडै फर्किनु आवश्यक रहेको बताएका थिए। यी युवाहरूले सरकारले आफूहरूप्रति दया देखाउन र सुध्रिने अवसर दिनुपर्ने माग पनि गरेका छन्। “युवावस्थामा गल्ती भएको हो, तर त्यसको अर्थ सधैं गल्तीमै बाँच्छौं भन्ने होइन। हाम्रो जीवनलाई नयाँ दिशा दिन सरकारले सहयोग गरोस्,” उनीहरूको भनाइ थियो।

यस घटनासम्बन्धी प्रत्यक्ष प्रतिक्रिया दिँदै जलेश्वर कारागारका प्रमुखले यी युवाहरू आफ्नो इच्छाले फर्किनु ठूलो उदाहरण भएको बताए। उनले बाँकी रहेका अन्य कैदी बन्दीहरूलाई पनि सक्दो छिटो कारागार फर्कन आग्रह गर्दै सरकारले यसलाई सकारात्मक रूपमा हेर्ने विश्वास व्यक्त गरे। यी युवाहरूलाई पुनः कारागार पुर्‍याउन समाजका अगुवा तथा समाजसेवी मोहम्मद घुरण राइन, अली हुसैन मिया, मोहम्मद आदम मिया, युनुस मिया लगायत स्थानीय व्यक्तिहरूको सक्रियता उल्लेखनीय रह्यो। उनीहरूले युवाहरूलाई सुधारको बाटोमा अघि बढाउन समाजले पनि सहयोग गर्नुपर्ने धारणा राखे।

यी घटनाले जनतामा नयाँ सन्देश दिएको स्थानीयको भनाइ छ। “गल्ती गर्ने मान्छे सबै सुधारिन सक्छन् भन्ने उदाहरण यी युवाले दिएका छन्,” एक स्थानीय अगुवाले भने। यसरी, कानुनको पालना गर्दै पुनः कारागार फर्किएका यी दुई युवाले समाजमा सकारात्मक प्रेरणा दिने मात्र नभई परिवर्तनप्रति प्रतिबद्धता जनाउँदै सरकारसँग सुध्रिने अवसरको आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस

टुटेको झोपडीमा बाँच् ...

रहमुल, सिरहा ४ वैशाख। सिरहाको भगवानपुर गाउँपालिका–१, भगवानपुरस्थित पूर्व–पश्चिम हुलाकी स ...

लाहानको विकट बस्तीमा ...

विनोद अविरल, लहान बैशाख ४, सिराहा । ​सिराहाको लाहान नगरपालिका–१५ स्थित दुर्गम क्षेत्रको रूपमा ...

सेनाको कमाण्ड तथा स् ...

वैशाख ४ । शिवपुरीस्थित सैनिक कमाण्ड तथा स्टाफ कलेजमा सि.सं. ३३ कमाण्ड तथा स्टाफ तालिम सुरु भएको छ । ...

सिरहा टाइम्स मिडिया प्रा.लि. द्वारा संचालित सिरहा टाइम्स डटकम

free stat counter

मिडिया प्राधिकरण, मधेश प्रदेश दर्ता नं. : ००२४/०८०/०८१

मिडिया काउन्सिल, मधेश प्रदेश सूचीकरण : २७/०८०/०८१